News Category 2082/05/24
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी
दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
दुईदिनदेखी मुलुकभर भएको जेनजीको प्रदर्शन मंगलबार राजविराजमा अनियन्त्रित भएपछी स्थानीय प्रशासनले दिउँसो ३ः३० बजेदेखी अनिश्चितकालिन काफ्र्य आदेश जारि गरेको छ । यद्दपी कफ्र्यु आदेशको अवज्ञा गर्दै साँझसम्म पनि प्रदर्शन जारि रहेको थियो ।

जेनजीको प्रदर्शन दिउँसो १ बजेदेखी तोडफोड र आगजनीमा परिणत भएपछी स्थिति तनावग्रस्त बन्दै गएको थियो । स्थिती नियन्त्रण बाहिर गएपछी जिल्ला प्रशासन कार्यालयले दिउँसो ३ः३० बजेदेखी राजविराज नगरपालिका र सो पालिकासँग जोडिएको विष्णुपुर गाउँपालिकाको केही क्षेत्रमा समेत अर्को आदेश जारि नभएसम्मको लागि कफ्र्यु आदेश जारि गरेको हो ।
प्रदर्शनकारीले सप्तरी सदरमुकाम राजविराजस्थित नेकपा एमाले, नेपाली काँग्रेस, जनमत र जसपा नेपाल पार्टी कार्यालय भवनमा तोडफोड र आगजनी गरेका थिए ।

त्यसपछी उनीहरु सरकारी कार्यालयमा तोडफोड र आगजनी गरे । प्रदर्शनकारीहरुले राजविराजस्थित जिल्ला समन्वय समितिको कार्यालयमा एक बस र एक पिकअप भ्यान, राजविराज नगरपालिकाको कार्यालयमा बारुणयन्त्र १, ट्याक्टर ४, स्कारपियो १, टिपर ३ र अरु २ वटा गाडीमा आगजनी गरेका छन् । यस्तै सघन शहरी कार्यालयमा पिकअप भ्यान ६ वटा, मोटरसाइकल ७ वटा, सप्तरी जिल्ला अदालतमा स्कारपियो २ र ४ वटा कारमा आगजनी गरिएको छ । यसैगरी नापी कार्यालयमा स्कारपियो १ र मोटरसाईकल १ सहित आगजनीबाट सबै कार्यालयका गाडीहरु जलेर पुर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्तेतले जानकारी दिए ।

वन डिभिजन कार्यालयका सबै सामान बाहिर निकालेर आगजनी गर्नुका साथै उच्च अदालत जनकपुर राजविराज इजलाशमा पनि आगजनी गरिएको हो । यस्तै सप्तरी जिल्ला अदालतमा पनि आगजनी गरिएको छ । सो अगजनीबाट त्यहाँ रहेको करिब एक दर्जन सरकारी र व्यक्तिगत मोटरसाइकल समेत जलेर नष्ट भएको छ । राजविराजको सरकारी कार्यालयहरुमा भएको आगजनी र तोडफोडबाट अदालत, नापी नगरपालिकाको कागजातहरु पनि जलेर नष्ट भएको छ । पुर्व सिंचाईमन्त्री उमेश यादवको घरमा ढुंगामुढा तथा स्कारपियोमा पनि तोडफोड भएको छ ।

प्रदर्शनकारीकाले नेपाल पत्रकार महासंघ शाखा सप्तरीको भवनमा पनि तोडफोड गरेको महासंघका अध्यक्ष श्रवणकुमार देवले जानकारी दिए । दिनभर तनावग्रस्त राजविराजको इतिहासमै सबभन्दा ठुलो भौतिक क्षति भएको घट्ना भएको छ । यसैंक्रममा तीन जना प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
राजविराजस्थित गजेन्द्रचौक, रुपनीमोड लगायतका स्थानमा युवा विद्यार्थीहरु टायर बालेर प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शन पश्चात उनीहरु जिल्ला प्रशासन कार्यालय सप्तरीको मुल गेटमा धर्ना बसेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ