News Category 2082/05/30
प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र

दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
सप्तरीका स्थानिय तहहरु आफ्नो अनुकूल वा निमित्त प्रमुख प्रशासकीय अधिकृत ल्याएर पालिका सञ्चालन गर्न रुचाउँदै आएका छन् । नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पठाउने उपसचिव स्तरका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने, गाउँपालिकाहरुमा सामान्य प्रशासनले पठाउने अधिकृतलाई हाजिर हुन नदिई त्यसको ठाउँमा स्वास्थ्य वा पशुतर्फका शाखा प्रमुखलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर काम गर्ने परिपाटी रहँदै आएको छ ।
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिने र निमित्तको भरमा पालिकाहरुको रोजाईकै कारण जिल्लाको खडक नगरपालिकामा विवाद सृजना भएको छ । गत आर्थिक बर्षको जेठ महिनामा शम्भुनाथ नगरपालिकाबाट सरुवा भई खडक नगरपालिकामा आएका उपसचिव विनय कुमार सोनुलाई नगरप्रमुख जयप्रकाश चौधरीले साउनदेखि कार्यालयमा बस्न दिएका छैनन् । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष खाली समेत गराएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
नगर प्रमुख अनुकूलको निमित्त प्रमुख प्रशासकीय पालिकामा ल्याउँदा जनप्रतिनिधिहरु मनोपरी ढंगले बजेट खर्च गर्न पाउने भएकाले उनीहरुहरुको पहिलो रोजाईमा निमित्त नै पर्ने गरेको स्थानियहरु बताउँछन् । “प्रमुख प्रशासकीय अधिकृतहरु नियम कानुनपुर्वक बजेट खर्च गर्छन् र निमित्तहरुको नियम कानुन मिचेर जनप्रतिनिधिको अनुकूल बजेट खर्च गर्छन् त्यही भएर पालिका प्रमुखहरुको पहिलो रोजाई निमित्त हो” एक स्थानियले भने ।
पछिल्लो पटक निमित्तकै विवाद शम्भुनाथ नगरपालिकामा सृजना भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको उपसचिव स्तरका प्रमुख प्रशासकीय अधिकृतलाई अनुभवहीनको संज्ञा दिदै जनप्रतिनिधिहरुले मन्त्रालयलले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई अन्यत्र पठाउन माग गरेको छ ।
कार्यवाहक नगरप्रमुख अनिता चौधरीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कामकाजमा खटाईएको उपसचिव शेर बहादर भण्डारीलाई अन्यत्र व्यवस्थापन गर्न माग गरेकी छिन् ।
हाल मुलुकमा प्रतिनिधि सभाको निर्वाचनको मिति तय भईसकेको र स्थानीय तहको जनप्रतिनिधिहरुको पनि अर्को आर्थिक वर्षमा निर्वाचन हुने जनाउँदै चालु आर्थिक वर्षको विनियोजित बजेट कुशलतापुर्वक प्रभावकारी कार्यान्वयन गर्नु अति नै महत्वपूर्ण हुनेछ, तर यस नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा खटाईएका उपसचिव शेर बहादर भण्डारी हालसम्म कुनै पनि स्थानीय तहको कार्य गरेको अनुभव नरहेको कार्यवाहक नगरप्रमुख चौधरीले समान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।
“स्थानीय सरकारको यस्तो अति नै महत्वपूर्ण र संवेदनशील समयमा अनुभवहीन प्रमुख प्रशासकीय अधिकृतबाट पालिकाको समग्र कामकाज चुस्तदुरुस्त रुपमा कार्यसम्पादन गर्न सकिन्छ भन्ने विषयमा विश्वस्त हुन सकिदैन” पत्रमा भनिएको छ ।
जेनजी पुस्ताको आन्दोलनले यस नगरपालिकामा समे आशिंक क्षति भएको भन्दै उपसचिव स्तरका प्रमुख प्रशासकीय अधिकृत भण्डारी अन्यत्र व्यवस्थापन गरी दरबन्दी बमोजिमको अन्य कुनै स्थानीय तहको अनुभव भएको उपसचिव खटाई दिनुहुन वा हाल कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारलाई नै निरन्तरता दिन नगरपालिकाको सम्पूर्ण जनप्रतिनिधिहरुवाट भएको सामुहिक निर्णय भएको कार्यवाहक नगरप्रमुख चौधरीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
सुतिहार निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका थिए । मन्त्रालयले उपसचिव भण्डारीलाई शम्भुनाथ नगरपालिकामा पठाएको थियो ।
निमित्तको भरमा चल्दै आएका ७ सय ५३ वटै स्थानीय तहमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत पठाईसकिएको जनाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ