News Category 2082/05/31
जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले राज्यबाट आफूले पाउने तलव भत्ता मध्ये दुई दिन बराबरको तलब भत्ता राष्ट्र पुनर्निमाण कोषमा दिने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको पहलमा मंगलबार जनप्रतिनिधि तथा कर्मचारीहरुको बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
अध्यक्ष चौधरीले जेनजी आन्दोलनका क्रममा भएको अकल्पनिय क्षतिलाई पुर्ती गर्न र पुनर्निमाणमा सहयोग गर्ने उद्देश्यका साथ आफूहरुले राज्यबाट पाउने तलव भत्ता मध्येबाट दुई दिनको कटाएर जम्मा हुन आएको कूल ५ लाख ५१ हजार रुपैयाँ राष्ट्र पुनर्निमाण कोषमा जम्मा गर्ने सर्व सम्मत निर्णय भएको बताए ।
बैठकले जेनजी आन्दोलका क्रममा शहादत प्राप्त गरेका शहिदहरुप्रति श्रद्धान्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाह प्रति अटल रहि पुनर्निमाण तथा विकास यात्रामा सक्रियताका साथ अघि बढने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ