News Category 2082/06/02
उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
उच्च अदालत जनकपुर राजविराज इजलासले सप्तरी जिल्ला अदालतलाई बिहीबार कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ ।
जेनजीको आन्दोलनमा अदालतमा तोडफोड, आगजनी र लुटपाट हुँदा पूर्ण रूपमा क्षति भएपछि सहयोग स्वरूप एकथान कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरेको अदालतका रजिष्टार लोकनाथ पराजुलीले जानकारी दिएका छन् ।
सप्तरी जिल्ला अदालतमा काम गर्न कठिनाइ भएकोले थोरै भएपनि सहयोगका लागि तत्काल कम्प्युटर र प्रिन्ट उपलब्ध गराइएको उनले बताए ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेले जेनजीको आन्दोलनमा अदालतमा ठूलो क्षति भएपछि कम्प्युटर प्रिन्टरको अभावमा काम गर्न कठिनाई भएपछि थुनछेक आदेश हातले लेखेको र दशैसम्म व्यवस्थित नभएसम्म हातले लेख्ने बाध्यता रहेको उनले बताए ।
उच्च अदालत जनकपुर राजविराज इजलासका नव आगन्तुक मुख्य न्यायाधीश सुभाष पौडेल, अन्य न्यायाधीशहरू तथा रजिष्टार लगायतले जिल्ला अदालतको अनुगमन गरेर अवस्थाको विषयमा जानकारी लिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/29 एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
- 2082/07/28 करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
- 2082/07/28 कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
- 2082/07/27 नेपाल–भारत सीमाका ४ सय ७९ सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा
- 2082/07/27 सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
- 2082/07/27 मोरङले महिला क्रिकेटको उपाधी हात पा¥यो
- 2082/07/25 चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु
- 2082/07/24 गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ