News Category 2082/06/02
दिपावली गरी संविधान दिवस मनाउने निर्णय
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
संविधान जारी भएको दिन असोज ३ लाई विगत झै यस वर्ष पनि संविधान दिवस तथा राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरिएको छ ।
जिल्ला समन्वय समितिको सभाकक्षमा विहिवार विभिन्न राजनीतिक दल, सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाका प्रमुखहरुको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा नेपाली काँग्रेसका उपसभापती रामकुमार यादव, नेकपा एमालेका सचिव देवनाथ यादव र नेकपा माओवादी केन्द्रका इन्र्चाज सूर्यनाथ यादव वाहेक अन्य कुनै पनि राजनीतिक दलका प्रतिनिधी सहभागी भएनन् ।
जिल्ला समन्वय समितीका प्रमुख शिवनारायण साहको संयोजकत्वमा गठन भएको मुल आयोजक समितीको बैठकमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, सशस्त्र प्रहरी उपरिक्षक रोशन बुढाथेकि, नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेत, सामुदायीक प्रहरी सेवा मञ्चका अध्यक्ष धिरेन्द्र कुमार दास, जिल्ला समन्वय अधिकारी कुन्दन कर्ण, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक कुल चन्द्र नेपाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जागेश्वर खडगाको पनि सहभागिता रहेको थियो ।
बैठकले २ असोजमा साँझ घर तथा कार्यालयहरुमा दीपावली, ३ असोजमा प्रभातफेरी र गजेन्द्र नारायण सिह अस्पतालका विरामीहरुलाई फलफुल वितरण तथा ४ असोजमा साँझ घर तथा कार्यालयहरुमा दिपावली लगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ ।
अहिले विशेष गरी राजनीतिक परिस्थितीलाई दृष्टीगत गरी थोरै कार्यक्रम तय गरिएको मूल आयोजक समितीका संयोजक साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ