News Category 2082/07/06
कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
दशैं, तिहार र छठ पर्वको अवसर पारेर सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा जनचेतना रनिङ शिल्ड फुटवल प्रतियोगिताले यस वर्ष पनि निरन्तरता पाएको छ ।
विगत चार दशक भन्दा बढी समयदेखी निरन्तर संचालन हुँदै आएको प्रतियोगिताको ४४ औं संस्करण यस पटक कात्तिक ८ देखी सुरु हुँदैछ ।
प्रतियोगिताका आयोजक महुली ११ स्पोर्टस क्लब घोगिदाहा भवानीपुरले बुधबार प्रतियोगिता स्थलमै पत्रकार सम्मेलनको आयोजन गर्दै कात्तिक १६ सम्म चल्ने प्रतियोगितामा यस पल्ट कुल ८ टिमले सहभागिता जनाएको जानकारी दिएको छ ।
आयोजक समितिका संयोजक दिलिप कुमार चौधरीका अनुसार प्रतियोगितामा त्रियुगा नगरपालिका उदयपुर, अल्टोकी क्लब रौतहट, झुम्का फुटवल क्लब सुनसरी, गोलबजार स्पोर्टस क्लब सिरहा, बिवाइसी वर्दीवास महोत्तरी, बिराटनगर स्पोटर्स एकेडेमी मोरङ र सप्तरीका प्रोगेसिभ यूवा क्लब ओद्रहा तथा आयोजक महुली ११ गरि कुल ८ टिमको सहभागिता रहेको छ ।
आयोजक समितिका सल्लाहकार शम्भुप्रसाद चौधरीका अनुसार प्रतियोगितामा करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ । स्थानीय जनचेतना माविको खेलमैदानमा हुने प्रतियोगिताका बिजेता टिमले ५५ हजार नगद र शिल्ड तथा उपविजेता टिमले ३५ हजार नगद र ट्रफि पाउने छन् । यस्तै विभिन्न विधामा उत्कृष्ठ खेलाडीले समेत पुरस्कार पाउने छन् ।
२०३८ सालमा प्रतियोगिताको थालनी भएको थियो । उतिबेला स्थानीय स्तरमा मात्रै सीमित रहेको प्रतियोगितामा केही वर्षपछी जिल्ला बाहिरका चर्चित टिमहरुलाई पनि समावेश गर्न थालिएको सल्लाहकार चौधरीको भनाई छ ।
प्रतियोगिताका सम्पूर्ण खेलको गोल नेपाल डट कमबाट प्रत्यक्ष प्रशारण हुने आयोजक समितिले जनाएको छ । पत्रकार सम्मेलनमा आयोजक समितिका अर्का सल्लाहकार महेश प्रसाद चौधरी, हरिप्रसाद चौधरी, कोषाध्यक्ष संगिताकुमारी सिंह, सहसचिव महेश प्रसाद विश्वकर्मा लगायतले पनि प्रतियोगिताको तयारी बारे जानकारी दिएका थिए । प्रतियोगिता अन्तरगत उद्घाट खेल त्रियुगा नगरपालिका उदपयुर र अल्टोकी क्लब रौतहटबीच हुने आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ