News Category 2082/07/18
करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै छ । गत आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेखनीय प्रगति गरेको यस कार्यालयलाई सिरहाको लहान सार्ने योजना बनाउन लागिएको चर्चा यतिबेला जनचासोको बिषय बनेको हो ।
बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित सो कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।
करदाता सेवा कार्यालयको तथ्यांक अनुसार ६६ हजार ५ सय ६१ सक्रिय करदाता रहेको यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो । अघिल्लो आ.व. २०८०÷०८१ करिब ७७ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।
यस कार्यालयले चालु आ.ब. २०८२÷०८३ मा १ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । यसका लागि करदाताको दायरा थप विस्तार गर्ने, प्रविधिमुखी सेवा प्रवद्र्धन गर्ने र कर छल्ने प्रवृत्तिमाथि निगरानी गर्ने कार्यालयले योजना बनाएको छ ।
करदातामुखी कार्यक्रम, कर शिक्षा अभियान, कर अनलाइन प्रणालीको विस्तार, सेवाग्राहीलाई सहज सेवा, तस्करी नियन्त्रणका लागि बजार अनुगमन तथा कर छली विरुद्धका निगरानीले राजस्व संकलनमा सकारात्मक परिणाम देखिएको अवस्थामा यस कार्यालयलाई लहान सार्न खोजिएकोप्रति यहाँका व्यापारीहरु आक्रोसित बनेका छन् ।
“यत्रो संख्यामा करदाता रहेको यस कार्यालयलाई आन्तरिक राजश्व कार्यालयको रुपमा विस्तार गर्नु पर्नेमा उल्टै सार्ने प्रपञ्च हामीलाई स्विकार हुने छैन्,” सप्तरी उद्योग बाणिज्य संघका सदस्य सचिन्द्र दासले भने, “यस्तो कार्यको बिरोधमा सम्पूर्ण व्यापारीहरु एकजुट हुनु आवश्यक छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
- 2083/02/12 भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
- 2083/02/11 राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
- 2083/02/10 राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ