News Category 2082/07/19
परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
निवर्तमान प्रतिनिधिसभा सदस्य रञ्जु ठाकुरले अब हुने निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने बताएकी छिन् ।
राजविराजमा बुधबार सञ्चारकर्मीहरु संग कुरा गर्दै उनले यस्तो बताएकी छिन् । आफू जन्मेको निर्वाचन क्षेत्र यही भएको र यहाँको जमिनी अवस्थाबारे पूर्ण जानकार पनि भएकोले आफू यस क्षेत्रका लागि उपयुक्त उम्मेदवार भएको दावी गरेकी हुन् । यद्यपी कुन पार्टीबाट चुनावमा उम्मेदवार बन्ने भन्नेबारे उनले खुलाइनन् ।
निर्वाचन क्षेत्र नं. २ को शिक्षा, स्वास्थ्य र विकासको अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनले यो सबैमा उल्लेख्य परिवर्तन ल्याउन सक्षम, इमान्दार र यसैक्षेत्रको बासिन्दालाई जिताउनुपर्ने धारणा राखिन् ।
“निर्वाचनमा यसै निर्वाचन क्षेत्रमा जन्मिएकोे इमान्दार र जमिनी अवस्थाबारे जानकार उम्मेदवारलाई जिताउनु आवश्यक छ” उनले भनिन् “त्यसका लागि आफूलाई उपयुक्त ठान्दछु ।”
आफूले निर्वाचन क्षेत्र नं. २ का समस्याबारे सबै भन्दा बढी आवाज उठाएको भन्दै यस क्षेत्रको विकासका लागि पनि निकै प्रयास गरेको जानकारी दिईन् । “मैलै पहल गरेर यसबर्ष १५ करोड बजेट विनियोजन गराउन सफल भएकी छु” ठाकुरले भनिन् ।
विगतमा पनि यहाँको विकासका लागि आफूले पहल गरेर धेरै काम गरेपनि त्यसको प्रचारबाजी नगरेको हुँदा जनतामा नेताहरु केही काम गर्देन भन्ने सन्देश बढी फैलिएको गुनासो गर्दै उनले राम्रो र सकारात्मक कामलाई उजागर गरिदिन सञ्चारकर्मीहरुलाई आग्रह समेत गरिन् ।
“जनतामा नेता केही गर्दैनन् भन्ने भावना फैलिएको छ, हाम्रो प्रयासमा भएका विकसिय कामहरुबारे कलम चलाउनुस र यसले आम जनतामा सकारात्मक सोचको विकास हुन्छ” उनले भनिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ