News Category 2082/07/20
७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
सप्तरी उद्योग बाणिज्य संघले ७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न माग गरेको छ ।
करदाता सेवा कार्यालय राजविराजबाट सार्ने निर्णय बिरुद्ध सप्तरी उद्योग बाणिज्य संघले आपत्ति जनाउँदै बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीको कार्यालयलाई बुझाइएको ज्ञापनपत्रमा सो कुरा उल्लेख गरिएको छ ।
संघका अध्यक्ष लालु प्रसाद अग्रवालको अगुवाइमा बुझाइएको ज्ञापनपत्रमा ७२ हजार भन्दा बढी करदाता रहेको जिल्लाबाट एक सय करोड भन्दा बढी राजश्व संकलन हुने गरेकोले यहाँ आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग गरिएको छ ।
अर्थमन्त्रि र आन्तरिक राजश्व विभागसमेतलाई बोदार्थ गरिएको ज्ञापनपत्रमा नेपाल सरकारको नीति र राजश्व उठाउने लक्ष्य भन्दा बढी राजश्व समेत संकलन भइराखेको अवस्थामा कात्तिक १७ गतेको मन्त्री परिषदको निर्णयानुसार यस जिल्लामा स्थापित करदाता सेवा कार्यालयलाई अन्यत्र सार्ने निर्णयप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
यसैबीच बिहीबारै सप्तरी उद्योग बाणिज्य संघको पहलमा बसेको सर्वदलिय बैठकबाट आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।
आन्दोलनका कार्यक्रम अनुसार शुक्रबार जिल्ला भरिका बजार बन्द रहने र शनिबारदेखी आन्दोलनका थप कार्यक्रमहरु तय गरिने संघका महासचिव अमृत संचेतीले जानकारी दिएका छन् ।
सोही दिन साँझ स्थानीय गजेन्द्र चौकमा टायर बालेर उद्योगि व्यापारीहरुले प्रदर्शन गर्नुका साथै करदाता सेवा कार्यालय सार्ने सरकारी निर्णयको बिरोध गर्दै त्यसलाई सच्याउन माग गरेका छन् ।
संघका महासचिव संचेतीले सरकारले आफ्नो निर्णय नसच्याए अनिश्चितकालिका लागि जिल्ला ठप्प पार्ने चेतवानी दिँदै यसमा सम्पूर्ण जिल्लावासीलाई साथ दिन आग्रह समेत गरेका छन् ।
तत्कालिन अर्थमन्त्री तथा विभागमा दौडा धुप गर्दा बल्लतल्ल २०७५ सालमा सप्तरी जिल्लाको राजविराजस्थित करदाता सेवा कार्यालय स्थापना भएको स्मरण गराउँदै “यस क्षेत्रका करदाताहरुले सरल र शुलभ तरिकावाट राजश्व बुझाउन, मु.अ.कर, अन्तःशुल्क दर्ता गर्न र अन्य प्रकृया पुरा गरी सेवा लिन थालेको र हाल यस जिल्ला भित्र ७२ हजार भन्दा बढी करदाता रहेको र नेपाल सरकारले तोकेको लक्ष्य भन्दा बढी राजश्व समेत संकलन भईराखेको अवस्था रहेको व्यहोरा समेत जानकारी गराउन चाहन्छौं ।” ज्ञापनपत्रमा जिकिर गरिएको छ ।
बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित सो कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।
करदाता सेवा कार्यालयको तथ्यांक अनुसार ६६ हजार ५ सय ६१ सक्रिय करदाता रहेको यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो । अघिल्लो आ.व. २०८०÷०८१ करिब ७७ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।
यस कार्यालयले चालु आ.ब. २०८२÷०८३ मा १ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ