News Category 2082/07/21
मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश साहले आफुसँग जोडेर चरित्र हत्या र भ्रम पैmलाउने प्रयास भएको गुनासो पोखेका छन ।
दुई दिन अघि “पब्लिक खबर २४” नामको फेसबुक पेजमा डा.साह र एक यूवतीबीचको फोन सम्वादको अडियो सार्वजनिक गरिएपछि शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो गुनासो पोखेका हुन ।
आफ्नो सरुवा र थमौती प्रकरणलाई प्रभावित बनाउन र चरित्र हत्या गर्ने मनसायका साथ यसरी हुदै नभएको सम्वाद अडियो मार्फत सार्वजनिक गरिएको उनको दाबी छ ।
“मंगलवार मेरो सरुवा भयो भोली पल्टै बुधवार थमौती भो”, उनले भने–“सोही राती पब्लिक खबर २४ नामको फेसबुक पेजबाट मलाई बदनाम गर्ने गरी मेरो नाम र पद जोडेर एउटा युवती संग असोभनीय सम्वाद भएको भनी झुठो अडियो सार्वजनिक भयो, यो सबै म विरुद्ध सुनियोजित षडयन्त्र हो ।”
आप्mनो थमौती भएको थाहा भएपछी मेसुका आकांक्षी अर्का एक डाक्टरको उक्साहटमा “पब्लिक खबर २४” का संचालक आदित्य अजय भनिने आदित्य मण्डलको मिलिभगतमा यस्तो प्रयास भएको दाबीका साथ उनले उक्त प्रकरणको सत्यतथ्य छानवीन गरी दोषी माथी कडा कारवाहीको माग समेत गरेका छन ।
मेरो चरित्र हत्या गर्ने उद्देश्यले सम्प्रेषित उक्त साम्रगी तथ्यहिन रहेको दाबीका साथ उनले आफुले कहिल्यै कुनै युवतीसंग यस किसीमको असोभनिय वार्तालाप नगरेको स्पष्ट पारेका छन ।
उनले आफुलाई बदनाम गर्ने गरी भ्रमपुर्ण अडियो तयार गरी सार्वजनिक गर्नेहरुलाइ कानुनी दायरामा ल्याउन न्यायका लागी संचारकर्मी हुदै स्थानीय प्रशासन र अदालत सम्म पुग्ने जनाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
- 2083/02/12 भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
- 2083/02/11 राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
- 2083/02/10 राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ