News Category 2082/08/04
जिल्लास्तरिय बिधालय क्रिकेट लालीगुराँस र रायपुर बिजयी
दैनिक समाचारदाता
राजविराज, ४ मंसिर ।
सप्तरी क्रिकेट संघको समन्वयमा तथा सबल नेपालद्वारा आयोजित जिल्ला स्तरिय अन्तरबिधालय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न पहिलो खेलमा लालीगुराँस माबि र कन्छुनरप्रताप माबि रायपुर बिजयी भएको छन् ।
राजविराजस्थित पविमाबि क्रिकेट मैदानमा लालीगुराँसले पहिलो खेलमा नरेन्द्र माबिलाई ८ बिकेटले पराजित गर्दै लालीगुराँस माबि बिजयी भए भने दोस्रो खेलमा केअ माबिलाई १० बिकेट पराजित गर्दै कन्छुनरप्रताप माबि रायपुर बिजयी भएका हुन् ।
पहिलो खेलमा टस जितेर लाली गुराँसले नरेन्द्र माविलाई ब्याटिङ गर्न दिएपछि १३ ओभरमा सबै बिकेट क्षतिमा ८२ रनको योगफल खडा गरेको थियो । जसमा सन्दिप मण्डल १३ रन बनाएका थिए । बलिङतर्फ लालीगुरासका चन्दन दास ४ बिकेट, साहिद आलम, मोहम्मद तवाकरले समान्य ३÷३ बिकेट लिएका थिए ।
जवाफमा लालीगुरासले ८ ओभर २ बलमा दुई बिकेट गुमाएर बिजयी भयो । जसमा ओेम चौधरीले ४० रन बनाएका थिए भने कृष्ण यादबले २० रन जोडेका थिए । बलिङतर्फ नरेन्द्र माविका मनिष यादब र कौशल दासले समान १÷१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच लालीका चन्दन दास घोषित भएका सबल नेपालका राहुल सिँहले जानकारी दिए ।
यसैगरी दोस्रो खेलमा टस जितेर कन्छुनरप्रताप माबि रायपुरले ९ ओभर ३ बलमा सबै बिकेट गुमाएर ५९ रनको योगफल खडा गरेको थियो । जसमा कृष्ण कुमार यादबले १२ रन बनाएका थिए ।
बलिङतर्फ केअ माबि राजबिराजका लक्ष्मण बिकले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा ११ रन खर्चेर ४ बिकेट हात पारेका थिए भने राम बिक र रूपेश रामले समान २÷२ बिकेट तथा रन्जित यादबले १ बिकेट लिएका थिए ।
जवाफमा ६० रनको लक्ष्य लिएका केअ माविले ५ ओभरमा कुनै पनि बिकेट नगुमाई जित हात पारेको हो । टिमका लागि शिव अधिकारी र लक्ष्मण बिकले अविजित रहदै पारी खेलेपछि जित सहज भएको हो । शिव अधिकारीले ३६ रन र लक्ष्मण बिकले १० रन बनाएका थिए ।
उक्त अवसरमा राजबिराज नगरपालिका वडा ५ का वडा अध्यक्ष बन्धुलाल दासले खेलको प्लेयर अफ दि म्याच रायपुरका लक्ष्मण बिकलाई कप प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ