News Category 2082/08/04
जिल्लास्तरिय बिधालय क्रिकेट लालीगुराँस र रायपुर बिजयी
दैनिक समाचारदाता
राजविराज, ४ मंसिर ।
सप्तरी क्रिकेट संघको समन्वयमा तथा सबल नेपालद्वारा आयोजित जिल्ला स्तरिय अन्तरबिधालय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न पहिलो खेलमा लालीगुराँस माबि र कन्छुनरप्रताप माबि रायपुर बिजयी भएको छन् ।
राजविराजस्थित पविमाबि क्रिकेट मैदानमा लालीगुराँसले पहिलो खेलमा नरेन्द्र माबिलाई ८ बिकेटले पराजित गर्दै लालीगुराँस माबि बिजयी भए भने दोस्रो खेलमा केअ माबिलाई १० बिकेट पराजित गर्दै कन्छुनरप्रताप माबि रायपुर बिजयी भएका हुन् ।
पहिलो खेलमा टस जितेर लाली गुराँसले नरेन्द्र माविलाई ब्याटिङ गर्न दिएपछि १३ ओभरमा सबै बिकेट क्षतिमा ८२ रनको योगफल खडा गरेको थियो । जसमा सन्दिप मण्डल १३ रन बनाएका थिए । बलिङतर्फ लालीगुरासका चन्दन दास ४ बिकेट, साहिद आलम, मोहम्मद तवाकरले समान्य ३÷३ बिकेट लिएका थिए ।
जवाफमा लालीगुरासले ८ ओभर २ बलमा दुई बिकेट गुमाएर बिजयी भयो । जसमा ओेम चौधरीले ४० रन बनाएका थिए भने कृष्ण यादबले २० रन जोडेका थिए । बलिङतर्फ नरेन्द्र माविका मनिष यादब र कौशल दासले समान १÷१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच लालीका चन्दन दास घोषित भएका सबल नेपालका राहुल सिँहले जानकारी दिए ।
यसैगरी दोस्रो खेलमा टस जितेर कन्छुनरप्रताप माबि रायपुरले ९ ओभर ३ बलमा सबै बिकेट गुमाएर ५९ रनको योगफल खडा गरेको थियो । जसमा कृष्ण कुमार यादबले १२ रन बनाएका थिए ।
बलिङतर्फ केअ माबि राजबिराजका लक्ष्मण बिकले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा ११ रन खर्चेर ४ बिकेट हात पारेका थिए भने राम बिक र रूपेश रामले समान २÷२ बिकेट तथा रन्जित यादबले १ बिकेट लिएका थिए ।
जवाफमा ६० रनको लक्ष्य लिएका केअ माविले ५ ओभरमा कुनै पनि बिकेट नगुमाई जित हात पारेको हो । टिमका लागि शिव अधिकारी र लक्ष्मण बिकले अविजित रहदै पारी खेलेपछि जित सहज भएको हो । शिव अधिकारीले ३६ रन र लक्ष्मण बिकले १० रन बनाएका थिए ।
उक्त अवसरमा राजबिराज नगरपालिका वडा ५ का वडा अध्यक्ष बन्धुलाल दासले खेलको प्लेयर अफ दि म्याच रायपुरका लक्ष्मण बिकलाई कप प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ