News Category 2082/08/22
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आन्दोलित संघर्ष समितिले सोमबार सप्तरी जिल्ला भरीका नगरपालिका÷गाउँपालिका मातहतका वडा कार्यालयका साथै जिल्लाका सम्पुर्ण कार्यालय बन्द गर्ने घोषणा गरेको छ ।
नेपाल सरकारको राजश्व विभागको नीति अनुरुप ४० हजार करदाता भएको ठाउँमा आन्तरिक राजश्व कार्यालय स्थापना हुने प्रावधान रहकोले गठित संघर्ष समितिले आन्तरिक राजश्व कार्यालय नै स्थापनाको माग राख्दै आन्दोलन सुरु गरेको संर्घष समितिका संयोजक मोहन कुमार यादवले जानकारी दिए ।
यसअघि आइतबार र सोमबार संघर्ष समितिको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिइएको थियो ।
गत कात्तिक १७ गते नेपाल सरकारले देशभरीका ३८ स्थानमा रहेका करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेको थियो । करदाता सेवा कार्यालय राजविराज समेत सोही खारेजीमा परेकोले सप्तरी उद्योग बाणिज्य संघको नेतृत्वमा उक्त निर्णय बिरुद्ध तीन चरणको आन्दोलन सम्पन्न भइसकेको छ ।
सप्तरीमा ७२ हजार भन्दा बढी करदाता रहेका छन् । करदाता सेवा कार्यालयको तथ्यांक अनुसार ६६ हजार ५ सय ६१ सक्रिय करदाता रहेको यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो ।
बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित सो कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ