News Category 2082/08/23
अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
साढे तीन वर्षको अवधीमा सप्तरीबाट हराएका मध्येबाट एक सय भन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न सकेका छैनन् ।
सो अवधीमा जिल्लाबाट हराएका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकमध्ये १ सय ११ जना अहिलेसम्म फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले लैङ्गिक हिंसाबिरुद्ध आयोजना गरेको अन्तरकृया कार्यक्रममा आर्थिक बर्ष २०७८÷०७९, ०७९÷०८०, २०८०÷०८१ र चालु आ.ब. २०८२÷०८३ को हालसम्म हराएका १ सय ११ जना फेला पर्न नसकेको प्रहरी निरीक्षक अनिल साहले जानकारी दिएका छन् । तीन बर्षमा ४ सय २६ जना हराएकोमा ३ सय ६१ जना फेला परेको तथा ६५ जना अझै फेला नपरेको उनले बताए ।
यस अवधिमा ४६ जना बालक हराएकोमा ३९ जना फेला परेको तथा ७ जना अझै फेला नपरेको, १ सय ५२ जना बालिका मध्येबाट १ सय १९ जना भेटिएको, २ सय ११ जना महिला मध्येबाट १ सय ९५ जना भेटिएको र ९ जना ज्येष्ठ नागरिक हराएकोमा ८ जना भेटिएको प्रहरीको तथ्यांकले देखाएको छ ।
यस्तै चालु आ.ब. २०८२÷८३ को साउनदेखि अहिलेसम्म १ सय ३९ जना हराएकोमा ८० जना भेटिएको र ४६ जना अझै फेला पर्न सकेको नसकेको प्रहरीले जनाएको छ । यसरी ६५ जना र ४६ जना गरी एक सय ११ जना अझै बेपत्ता छन् ।
यस अवधीमा १० जना बालक हराएकोमा ८ जना फेला परेको, ५२ जना बालिका हराएकोमा ३२ जना भेटिएको, ६१ जना महिला हराएकोमा ३१ जना भेटिएको, १४ जना पुरुष हराएकोमा ८ जना भेटिएको र २ जना ज्येष्ठ नागरिक हराएकोमा १ जना भेटिएको कार्यक्रममा गरिएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीमा ५ महिनामा ९५ वटा महिला हिंसाका उजुरी परेको जानकारी दिइएको छ । प्रहरीका अनुसार चालु आ.ब.को साउनदेखि अहिलेसम्म ९५ वटा उजुरी पर्दा ७० वटाको मिलापत्र गराइएको र २५ वटा सम्पर्कमा नआएकाले बाँकी रहेको हो ।
यस अवधीमा घरेलु हिंसा सम्बन्धी १४ वटा निवेदन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रमा परेको छ । त्यसमध्ये १२ वटाको मिलापत्र गराइएको र २ वटा बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ