News Category 2082/09/13
चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
विगत एक सातादेखी बढेको चिसोसँगै चलेको शितलहरले जनजीवन प्रभावित बन्न थालेपछी सप्तरीका एकपछी अर्को पालिकाले विद्यालयमा बिदा दिने निर्णय गर्न थालेको छ ।
जाडोयाममा सबैभन्दा बढी बालबालिका र बृद्धबृद्धा प्रभावित हुने गरेका छन् । सोही कुरालाई मध्यनजर गर्दै जिल्लाको डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले विद्यालयमा पाँच दिनका लागि विदा दिने निर्णय गरेको हो ।
डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डलले पालिका अन्तर्गतका सबै नीजि तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि विदा दिइएको जानकारी दिएका छन् ।
पालिकाले आईतबार एक सूचना जारी गर्दै पुस १४ सोमबारदेखि लागू हुने गरी पुस १८ गते शुक्रबारसम्म पाँच दिनको विदा दिइएको जनाइएको छ ।
यस्तै आइतबारै राजगढ गाउँपालिकाकी कार्यवाहक अध्यक्ष रेणुदेवी मण्डलद्वारा जारि सूचनामा अत्याधिक रुपमा बढेको चिसो तथा शितलहरका कारण विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पाँच दिनका लागि बिदा दिने जनाइएको छ ।
जारि सूचनामा पालिका अन्तरगत संचालित सम्पूर्ण विद्यालयहरुमा वर्षे र हिउँदे विदाबाट कट्टा हुने गरि सोमबारदेखी शुक्रबारसम्म प्रशासनिक कार्य बाहेक नियमित पठनपाठन कार्य बन्द रहने र पुस २० गते आइतबारदेखी पुनःसंचालन हुने उल्लेख छ ।
यसअघि जिल्लाको बोदेबरसाइन नगरपालिकाले चिसो बढेको कारण पुस ९ देखी १३ गतेसम्म पाँच दिनका लागि विद्यालयमा विदा दिएको थियो ।
नगरप्रमुख आतेशसिंह यादवद्वारा जारी सूचनामा शितलहरका कारण बढेको अत्यधिक चिसोका कारण सामान्य जनजीवन प्रभावित भई बालबालिकाहरुलाई विद्यालय आउन जान असहज हुने भएकोले बर्तमान परिस्थितिलाई मध्यनजर गर्दै विद्यालयहरु बन्द गरिएको उल्लेख छ ।
सप्तरीमा विगत एकसातादेखि चिसो बढेको र तीन दिनदेखि चलेको शितलहरले जनजिवन प्रभावित बन्दै गएको छ । विहान बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, पशु चौपाया समेत प्रभावित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ