News Category 2082/09/17

इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई

दैनिक समाचारदाता

इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई

दैनिक समाचारदाता
राजविराज, १६ पुस । 

    राजविराजमा संचालित इन्डो–नेपाल अन्डर–१९ वनडे क्रिकेट प्रतियोगिताको उपाधी घरेलु टोलीले हात पारेको छ । 
    तीन सिरीजको एक दिवसीय खेलको अन्तिम दिन बुधवारको खेल १९ रनले गुमाए पनि यस अघिको दुईटै खेलमाथी जित निकाल्लै घरेलु टोली सप्तरी क्रिकेट टिमले उपाधीमाथी कब्जा जमाएको हो । 
    सिरीजको अन्तिम खेलमा भने पाहुना टोली भारत उत्तर प्रदेशको पिके एकेडेमी क्रिकेट क्लबले घरेलु टोली सप्तरीलाई १९ रनले पराजीत गर्दै सान्त्वना जित निकालेको हो । 
    सिरीजको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको पिके एकेडेमी क्रिकेट क्लबले गौरव शर्माको १ सय ४ रनको सतकिय पारीको मदतले २ सय ५३ रनको योगफल खडा गरेको थियो । 
    दुई सय ५४ रनको विजय लक्ष्य  लिएर जवाफी ब्याटिङमा उत्रेको घरेलु टोली सप्तरी २ सय ३५ रन मै समेटिए पछी अन्तिम खेल गुमाउन पुगेको थिए । 
    क्रिकेट संघ सप्तरीद्वारा संचालित प्रतियोगितको समाप्ती पछि आयोजित पुरस्कार वितरण समारोहमा क्रिकेट संघ सप्तरीका उपाध्यक्ष निरज सिंह, सचिव चन्दन यादव, सदस्य संजय कार्की, पत्रकार महासंघका केन्द्रिय सदस्य राजु विश्वकर्मा लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । 

प्रतिकृया दिनुहोस