News Category 2082/09/30
मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
राजविराजमा आयोजना गरिएको मैत्रीपुर्ण महिला क्रिकेट सिरिजको उपाधी काठमाडौंले हात पारेको छ ।
सप्तरी क्रिकेट संघको आयोजनामा तथा सबल नेपालको समन्वयमा आयोजित मैत्रीपूर्ण महिला क्रिकेट सिरिजको उपाधि काठमाडौंले हात पारेको हो ।
मंगलबार स्थानीय पविमाविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सप्तरी महिला क्रिकेट टिमले ३० ओभरमा ८ विकेट गुमाउँदै १०३ रनको योगफल बनाएको थियो ।
सप्तरीका लागि साक्षी देवले सर्वाधिक १७, आयुष्का थापाले १५ र जेनिषा मगरले ११ रनको योगदान दिइन् ।
एक सय ४ रनको लक्ष्य सहित जवाफी व्याटिङमा उत्रिएका काठमाण्डौले उत्कृष्ट प्रदर्शन गर्दै १८ ओभरमै कुनै पनि विकेट नगुमाई विजयी लक्ष्य हासिल गरे ।
काठमाडौंको जितमा सविका यादव र प्रथा श्रेष्ठले अविजित ८२ रनको साझेदारी गर्दै टिमलाई विजयी तर्फ उन्नमुख गराएका थिए ।
यादवले अर्धशतकीय पारी खेल्दै ६५ रनको योगदान गरिन भने प्रथा श्रेष्ठले १७ रनको (अविजित) योगदान गरेकी थिईन् ।
बलिङतर्फ काठमाडौंकी अनुषा रोकाले ४ विकेट लिइन् । यसैगरी यसु पाण्डे, आयुष्मा रावल, सरिष्मा खनाल र एली यादवले समान १–१ विकेट हात पारिन् ।
मैत्रीपूर्ण सिरिजको प्लेयर अफ द सिरिज काठमाडांैकी अनुषा रोका घोषित भइन् । बेस्ट बलर सप्तरीकी सुस्मिता यादव र बेस्ट ब्याटर काठमाण्डौकी सविका यादव घोषित भईन् ।
प्रतियोगिता समाप्तिपछि अयोजित पुरस्कार वितरण समारोहमा सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंह, सचिव चन्दनकुमार यादव, सदस्यहरू बिरेन्द्र यादव, संजय कार्की, गजेन्द्र माझी तथा समाजसेवी अभिलासा सिंह लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ