News Category 2082/10/01

निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 

दैनिक समाचारदाता

निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 

दैनिक समाचारदाता
राजविराज, ३० पुस । 

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुलेसँगै सप्तरीमा उक्त पदमा आवेदन दिनेहरुको सहभागिता उत्साजनक देखिएको छ ।
    सप्तरीमा ४ हजार २ सय २२ जना निर्वाचन प्रहरीका लागि भर्ना आह्वान गरिएको छ । आवेदन आह्वान गरिएको ६ दिनमा ५ हजार ८ सय ३३ जनाले निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । 
    उनका अनुसार आवेदन लिने अन्तिम दिन माघ १ गते आवेदकको संख्या ७ हजार पुग्न सक्ने अनुमान गरिएको छ ।
    नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँग समन्वय गर्दै निर्वाचन प्रहरीका लागि सुरु गरिएको आवेदन प्रक्रिया निर्वाचन प्रहरी पदमा १८ वर्ष पुरा भईसकेका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् ।
    निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि ४० दिन रहनेछ वा नेपाल सरकारले तोकेअनुसार हुनेछ । सेवा सुविधा अन्तर्गत प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको पारिश्रमिक रु ३४ हजार ७ सय ७६ प्रदान गरिने जनाइएको छ । यो सँगै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेट अनुसार खाद्यान्न खर्च पनि उपलब्ध गराइने छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट