News Category 2082/10/01
मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
दैनिक समाचारदाता
राजविराज, १ माघ ।
मकर संक्रान्तिको अवसरमा विहिवार सप्तरीमा विविध कार्यक्रमहरु गरिएको छ ।
हिन्दु स्वयसेवक संघ नेपाल सप्तरीले राजविराजस्थित राजदेवी मन्दिरमा महाप्रसाद तथा श्रीराम खिचडी वितरण लगायतका कार्यक्रम गरी मकर संक्रान्ति पर्व मनाएका छन् । सो अवसरमा भक्तजनका साथै ठूलो संख्यामा साधु, सन्त सहमागी भए ।
हिन्दु धर्म संस्कृती, संस्कार, परम्परा तथा मुलुकको सर्वाङ्गिण विकास र उन्नतीका लागी विभिन्न गतिवीधी गर्दै आएको सो संस्थाले यसपटक मकर संक्रान्तिको अवसरमा महाप्रसाद तथा श्रीराम खिचडी वितरण कार्यक्रमको आयोजना गरेको संस्थाका केन्द्रिय सल्लाहकार भोगेन्द्र झाले बताए ।
यता नेपाल अग्रवाल सभा राजविराजले रामजानकी मन्दिर प्राङ्गनमा भण्डारा कार्यक्रमको आयोजना गरी गरिब, असहाय, शारिरीक रुपमा अशक्त, साधु सन्त तथा बृद्धबृद्धालाई मिष्ठान भोजन एवं न्यानो कपडा वितरण सहित माघे संक्रान्ति पर्व मनाएका छन ।
“मानव सेवा नै इश्वरको सेवा हो” भन्ने सन्देश सहित उक्त कार्यक्रम आयोजना गरिएको नेपाल अग्रवाल सभाले जनाएको छ ।
यस्तै राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरले पनि मकर संक्रान्तिको अवसर पारेर साधु–सन्तको भेला गराई मिष्ठान भोजन तथा भण्डाराको कार्यक्रमको आयोजना गरी माघे संक्रान्ति पर्व मनाएका छन ।
लामो समय पछि मौसम सफा भएकाले उक्त कार्यक्रमहरुमा भक्तजन तथा साधु–सन्तको उल्लेख्य सहभागिता देखिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ