News Category 2082/10/03
सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
दैनिक समाचारदाता
राजविराज, २ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनमा खटाईने निर्वाचन प्रहरी भर्नाका लागि सप्तरीमा ७ हजार ४ सय ४४ जनाले आवेदन दिएका छन् । यो माग अनुसार झण्डै दोब्बरको संख्या हो । जिल्लामा ४ हजार २ सय २२ निर्वाचन प्रहरीको माग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीका अनुसार निर्वाचन प्रहरी भर्नाको आवेदन दिने अन्तिम दिन विहीवार माघ १ गते सम्म ६ हजार ५ पुरुष तथा १ हजार ४ सय ३९ महिला गरी कुल ७ हजार ४ सय ४४ जनाले आवेदन दिएका छन ।
जिल्ला निर्वाचन सुरक्षामा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै ४ हजार २ सय २२ निर्वाचन प्रहरी परिचालन गर्ने तयारी छ ।
प्रहरी नायब उपरिक्षक पुरीले निर्वाचन प्रहरीको छनौट प्रक्रिया माघ ५ गते देखि माघ ९ गते सम्म चल्ने छ । माघ १२ गते नतिजा प्रकाशित र त्यसपछि छनौटमा परेकाहरुलाई माघ १५ देखी माघ २४ गते सम्म आवश्यक तालिम प्रदान गरी कार्यक्षेत्रमा खटाईने कार्यतालिका रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि ४० दिन रहनेछ वा नेपाल सरकारले तोकेअनुसार हुनेछ । सेवा सुविधा अन्तर्गत प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको पारिश्रमिक रु ३४ हजार ७ सय ७६ प्रदान गरिने जनाइएको छायस् । यो सँगै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेट अनुसार खाद्यान्न खर्च पनि उपलब्ध गराइने छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वयमा निर्वाचन प्रहरीका लागि सुरु गरिएको आवेदन प्रक्रियामा १८ वर्ष पुरा भईसकेका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
- 2082/10/01 योग दिवस मनाइयो
- 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ