News Category 2082/10/03

सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता

दैनिक समाचारदाता

सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता

दैनिक समाचारदाता
राजविराज, २ माघ ।

    युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सप्तरीको समग्र विकासका लागि विभिन्न निकायमा पहल गरिरहेको बताएका छन् ।
    जेन–जी युवासँग भेटघाटका लागि शुक्रबार सप्तरी राजविराज आइपुगेका मन्त्री गुप्ताले जिल्लाको समस्याहरु समाधान गर्न विभिन्न मन्त्रालयसँग पहल गरिरहेको जनाए ।
    भेटघाटका क्रममा मन्त्री गुप्ताले जिल्लाको खेलकुद विकासलाई प्राथमिकतामा राख्दै राजविराजस्थित राजरंगशाला पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा पहल भइरहेको जानकारी समेत दिए ।
    यस्तै गजेन्द्रनारायण सिंह अस्पतालको सेवा सुविधा विस्तार तथा सुधारका विषयमा स्वास्थ्य मन्त्रीसँग छलफल भइसकेको तथा सप्तरीमा कर कार्यालय रहनुपर्ने विषयमा पनि अर्थ मन्त्रालयमा पहल गरिएको उनको भनाई छ । 
    मन्त्री गुप्ताले युवाहरूलाई सकारात्मक सोच, नवप्रवर्तन र नेतृत्व विकासमा सक्रिय हुन आग्रह गर्दै सरकार युवामैत्री नीति तथा कार्यक्रममार्फत उनीहरुको क्षमता उपयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
 

प्रतिकृया दिनुहोस