News Category 2082/10/05
राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री मनिष सुमनले राजविराजस्थित नवनिर्मित वसपार्क संचालनका लागी आफुले पनि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
राजविराज नगरपालिकाले उनको स्वागत तथा सम्मानमा आईतवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्ता प्रतिबद्धता जनाएका हुन ।
१५ करोड ६० लाख रुपैयाको लागतमा शहरी विकास मन्त्रालयद्वारा निर्माण गरिएको सुविधा सम्पन्न वसपार्कको गत जेठ १५ गते नै एक समाहरोबीच उदघाटन गरिएको थियो । यसका वावजुद पनि तीन÷तीन पटक टेण्डर सुचना आह्वान गरिसक्दा पनि ठेक्का नलागी संचालनमा आउन सकेको छैन् ।
बसपार्क अझै संचालनमा आउन नसक्दा अहिले पनि नगरको मुख्य बजार क्षेत्रको सडकबाटै सार्वजनिक यातायातका साधनहरु संचालन र पार्किङ्ग हुदै आएको नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले सुनाएपछि मन्त्री सुमनले बसपार्कका बारेमा केही दिन वस्तुस्थिती अध्ययन गर्ने बताउँदै संचालनमा ल्याउनका लागी सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा कार्यवाहक नगर प्रमुख परवीनले नयाँ वसपार्क सम्म सवारी साधान पु¥याउनका लागी आवश्यक तयारीका साथै तीन पटक टेण्डर आह्वान गरिसक्दा पनि कसैले ठेक्का लिनेतर्फ चासो नदेखाएको बताएपछी मन्त्री सुमनले सप्तरी जिल्ला कै गौरवका आयोजना मध्येका एक राजविराज वसपार्क यथासिघ्र संचालनका लागी पुर्ण सहयोग रहने बताए ।
कार्यवाहक नगर प्रमुख परवीनले वसपार्क र हटिया कम्प्लेक्स यथासिघ्र संचालनका लागी दिनरात खटे पनि सरोकारवालाहरुबाट अपेक्षित सहयोग पाउन नसकेको दुखेसो पोखिन ।
कार्यक्रममा सहभागी जनप्रतिनीधी, विभिन्न संघ संस्था र कार्यालयका प्रतिनीधी तथा समाजका अगुवाहरुले वसपार्क यथासिघ्र संचालनका लागी आ–आफनो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ