News Category 2082/10/05

सप्तरी २ बाट उम्मेदवारी  दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह

दैनिक समाचारदाता

सप्तरी २ बाट उम्मेदवारी  दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह

दैनिक समाचारदाता
राजविराज, ४ माघ ।

    आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
    उनले स्वाभिमान पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने जानकारी दिए । राजनीतिमा लामो समयदेखि सक्रिय रहेका पूर्वमुख्यमन्त्री सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । 
    स्थानीय सरकारको नेतृत्व गर्दै विकास र सुशासनका क्षेत्रमा काम गर्नुभएको सिंह २०७९ सालको स्थानीय तह निर्वाचनमा भने अध्यक्ष पदमा पराजित भए ।
    यता स्थानीय तहको निर्वाचनमा पराजयपछि उनी प्रदेशसभा निर्वाचनमा जनमत पार्टीबाट सप्तरी क्षेत्र नं. २ (क) बाट विजयी भएसँगै उनी मधेश प्रदेश सरकारको नेतृत्व गर्दै मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्न सफल भए । 
    प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दै सिंहले सप्तरी र मधेशको समग्र विकास, नागरिकका हकअधिकार तथा पहिचानको सवाललाई राष्ट्रिय स्तरमा बलियो रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट