News Category 2082/10/07

पिएम कपमा डाक्नेश्वरी बिजयी

दैनिक समाचारदाता

पिएम कपमा डाक्नेश्वरी बिजयी

दैनिक समाचारदाता
राजविराज, ७ माघ ।

    राजबिराजमा संचालित प्रधानमन्त्री कप जिल्ला स्तरिय छनोट क्रिकेट प्रतियोगितामा डाक्नेश्वरी क्रिकेट टिमले छिन्नमस्तालाई हराउँदै बिजयी भएको छ । 
    स्थानिय पविमाबिको खेल मैदानमा बुधबार सम्पन्न खेलमा टस जितेर डाक्नेश्वरी टिमले ४० ओभर ५ बलमा २ सय ३१ रनको योगफल खडा गरेको थियो । जसमा मन्नु दास ६३, सचिन मुखिया ४५ तथा शिव दासले नटआउट १६ रन बनाएका थिए । बलिङमा छिन्नमस्ताका कर्ण बहादुर बिक ४, बिबेक कुमार यादब ३ र रमानन्द मुखियाले २ बिकेट लिएका थिए ।
    प्रतिउत्तरमा छिन्नमस्ताले २ सय ३२ रनको लक्ष्य पछयाउने क्रममा २० ओभर ५ बलमा सबै बिकेट गुमाई ७१ रन मात्र बनाउन सकेको थियो । जसमा अभिषेक यादबले १५ तथा अजय यादबले १२ रन बनाएका थिए । बलिङमा डाक्नेश्वरीका सुमन चौधरीले ५, शिव दास ३ तथा रोविन सिंहले १ बिकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट