News Category 2082/10/07

सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी

दैनिक समाचारदाता

सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी

दैनिक समाचारदाता
राजविराज, ७ माघ । 

    आगामी फागुन २१ गते हुनगइरहेको प्रतिनिधिसभा सदस्य पदका लागि सप्तरी जिल्लाबाट दुई पार्टीका राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतले उम्मेदवारी दिएका छन् । जिल्लाको चार वटा क्षेत्र गरि १ सय ५ जनाले उम्मेदबारी दर्ता गराएका छन ।
    मुख्य निर्वाचन अधिृकतको कार्यालयले दिएको जानकारी अनुसार सबैभन्दा बढी क्षेत्र नं. २ बाट उम्मेदबारी परेको छ । यस क्षेत्रबाट एक राष्ट्रिय अध्यक्ष र एक पूर्वमुख्यमन्त्री, १४ जना स्वतन्त्रसहित ३४ जनाले उम्मेदबारी दिएका छन् ।
    यस्तै क्षेत्र नं. १ र ३ बाट २२÷२२ जनाको उम्मेदबारी परेको छ । क्षेत्र नं. १ मा एउटै पार्टीबाट दुई जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट दुई जनाले उम्मेदबारी दिएका छन् । यद्दपी एक जनाको उम्मेदवारी खारेज हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यता क्षेत्र नं. ४ बाट २७ जनाले उम्मेदबारी दर्ता गराएका छन् ।
क्षेत्र नं. १ ः २२ उम्मेदवार
    सप्तरी क्षेत्र नं. १ बाट २२ जनाले मंगलबार कंचनरुप नगरपालिका ८ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदबारी दिएका हुन् ।
    उम्मेदबारी दिनेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सत्यजीत कुमार झा, नेपाल जनता पार्टीबाट दिपेन्द्र प्रसाद यादव, नेपाली कांग्रेसबाट जिल्ला सभापति समेत रहेका रामदेव साह, नागरिक उन्मुक्ति पार्टीबाट टिकालक्ष्मी चौधरी, जनमत पार्टीबाट डा. जयकान्त राउत, जनता समाजवादी पार्टी नेपालबाट श्यामसुन्दर सरदार, नेपाल जनता संरक्षण पार्टीबाट खेमराज जैशी, नेपाली कम्युनिष्ट पार्टीबाट सागर कुमार चौधरी र रबीन्द्र कुमार चौधरी, स्वाभिमान पार्टीबाट सुमित कुमार, नेकपा एमालेबाट सुमनराज प्याकुरल छन् ।
    यस्तै आम जनता पार्टी (एकल चुनाव चिन्ह) बाट कौशल साह, उज्यालो नेपाल पार्टीबाट हर्खनारायण चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुष्पा कुमारी चौधरी, राष्ट्रिय एकता दलबाट शम्भु प्रसाद देवको उम्मेदवारी परेको छ भने उम्दा देवी सदा, लेखनाथ कुमार ठाकुर, रिजवाना खातुन, रामकुमारी खंग, मो. अमिन, संजय कुमार शर्मा र जगदेव सदाले स्वतन्त्र उम्मेदबारी दिएका छन् ।
क्षेत्र नं. २ ः ३४ उम्मेदवार
    निर्वाचन क्षेत्र नं. २ मा ३४ जनाको उम्मेदबारी परेको छ । यस क्षेत्रबाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले उम्मेदवारी दिएका छन् । यसअघी पनि उनी यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले जसपा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए । त्यस्तै यही क्षेत्रबाट मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले स्वाभिमान पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन् । यसैगरि उज्यालो नेपाल पार्टीबाट डा. दिपक चौधरी, आम जनता पार्टी (एकल चुनाव चिन्ह) बाट सुनिल राज दास, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामजी यादव, नेपाल मजदुर किसान पार्टीबाट निलम कुमारी यादव, नेपाल जनता पार्टीबाट रन्जु कुमारी झा (ठाकुर), जनता लोकतान्त्रिक पार्टी नेपालबाट बलराम प्रसाद यादव र जनता समाजवादी पार्टी, नेपालबाट उमेश कुमार यादवले उम्मेदबारी दिएका छन् ।
    नेपालका लागि नेपाली पार्टीबाट इन्द्रसागर गुप्ता, नेपाल संघीय समाजवादी पार्टी (एकल चुनाव चिन्ह) बाट राजकुमार मण्डल, नेपाली कांग्रेसबाट रामकुमार यादव, राष्ट्र निर्माण दल नेपालबाट अफरोज आलम, नेकपा एमालेबाट मो. जियाउल रहमान, श्रम संस्कृति पार्टीबाट त्रिभुन खंग, सार्वभौम नागरिक पार्टीबाट दिप कुमार मण्डल, नेपाली कम्युनिष्ट पार्टीबाट सुर्यनाथ प्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट अनिस अन्सारी, जनअधिकार पार्टीबाट शरदसिंह यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अजय कुमार दासले पनि यो क्षेत्रबाट उम्मेदबारी दिएका छन् ।
    पारशमणी यादव, जितेन्द्र कुमार यादव, साधना दास, विशेश्वर यादव, सन्तोष कुमार रजक, किसुनदेव राम, संजय कुमार चौधरी, बिनोदानन्द झा, सुशिला कुमारी साह, रामबिलास ठाकुर, अभिनास कुमार सिंह, अम्बिकादेवी साफी, बिन्दु कुमारी चौधरी र प्रेम कुमार यादवले यस क्षेत्रबाट स्वतन्त्र उम्मेदबारी दिएका छन् ।
क्षेत्र नं. ३ ः २२ उम्मेदबार
    यस क्षेत्रबाट जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन् । यसअघीको निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट चुनावमा पराजित भएपछी उपनिर्वाचनका क्रममा बाराबाट चुनाव जितेका थिए । जसपा नेपाल र लोसपाबीच एकीकरण भएपछी उनी अहिले यस क्षेत्रबाट उम्मेदवारका रुपमा उत्रेका छन् ।  
    यस्तै यस क्षेत्रबाट बहुजन एकता पार्टी नेपाल (एकल चुनाव चिन्ह) का महादेव राम, नेपाल मजदुर किसान पार्टीका प्रभु प्रसाद साह, आम जनता पार्टी (एकल चुनाव चिन्ह) बाट धनिकलाल चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरकान्त चौधरी, नेपाल जनता पार्टीबाट सन्तोष कुमार चमन, नेकपा एमालेबाट जिल्ला अध्यक्ष रहेका ताराकान्त चौधरी, नेपाली कम्युनिष्ट पार्टीबाट अरुण कुमार साह, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट गजेन्द्र कुमार मण्डल, उज्यालो नेपाल पार्टीबाट परमेश्वर लाल साह, नेपाली कांग्रेसबाट दिनेश कुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्देश्वर प्रसाद साहु, जनमत पार्टीबाट सुरेन्द्र प्रसाद शर्मा र श्रम संस्कृति पार्टीबाट जयनारायण मण्डलले यो क्षेत्रबाट उम्मेदबारी दिएका छन् । प्रभुनारायण चौधरी, कौशल कुमारी चौधरी, ओमप्रकाश विश्वकर्मा, हरिनारायण पासवान, रजिया देवी सदा, सरिता कुमारी यादव, कोशिला देवी पासवान, दुबीलाल यादवले यो क्षेत्रबाट स्वतन्त्र उम्मेदबारी दिएका छन् ।
क्षेत्र नं. ४ ः २७ उम्मेदबार
    यस क्षेत्रबाट उज्यालो नेपाल पार्टीबाट विशो कुमार यादव, नेपाली कांग्रेसबाट तेजुलाल चौधरी, जनता समाजवादी पार्टी, नेपालबाट डा. बाबी सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुप कुमार न्यौपाने, नेपाल मजदूर किसान पार्टीबाट रामनारायण साह, नेपाल जनता पार्टीबाट कोशल किशोर दास, नेकपा एमालेबाट गंगा प्रसाद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिताराम साह, जनमत पार्टीबाट जितेन्द्र कुमार साह, नेपाली कम्युनिष्ट पार्टीबाट रुबी कुमारी कर्ण, नागरिक उन्मुक्ति पार्टीबाट रमाकान्त चौधरी, राष्ट्र निर्माण दल नेपालबाट मो. जाकिर अली, नेपाली जनता दलबाट रामबाबु रजक, आम जनता पार्टी (एकल चुनाव चिन्ह) बाट अनिता कुमारी चौधरीले उम्मेदबारी दिएका छन् । सनम कुमारी चौधरी, रामेश्वर मण्डल धानुक, सुनिल कुमार यादव, सन्तोष प्रसाद सिंह, सुरेन्द्र प्रसाद साह, केश्वर प्रसाद साह, श्यामसुन्दर साहु, किर्तिनन्द चौधरी, दुर्गा प्रसाद यादव, संजीब कुमार साह, शिबकुमार कापैर, बिनोद कुमार मण्डल र प्रेम कुमारी महराले स्वतन्त्र उम्मेदबारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट