News Category 2082/11/07
नेजपाको फरक शैलीमा चुनावी अभियान
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा मतदातालाई आकर्षण गर्न नेजपाका उम्मेदवारहरुले फरक–फरक शैलीमा चुनावी प्रसारप्रसार गरिरहेका छन् ।
नेपाल जनता पार्टी (नेजपा) ले बिहीबार सप्तरीमा चारवटै निर्वाचन क्षेत्रका आफ्ना उम्मेदवारलाई साधुसन्तबाट आशिर्वाद दिलाउँदै चुनावी प्रचारप्रसार अभियान सुरु गरेका छन् ।
राजविराजस्थित क्याम्पस खेलमैदानमा सयौंको संख्यामा भेला भएका साधुसन्तबाट आशिर्वाद थाप्दै उम्मेदवारहरु आ–आफ्नो क्षेत्रमा फर्कि प्रसारप्रसार अभियान शुरु गरेको पार्टीका जिल्ला प्रवक्ता ललन मण्डलले जानकारी दिए ।
हिन्दुवादी संगठनको रुपमा चिनिएका सो पार्टीका उम्मेदवारहरुले हिन्दु घर्म गुरु र साधुसन्तको आशिर्वाद लिदै विधिवत रुपमा चुनावी प्रसारप्रचारमा जुटेको बताएका छन् । उक्त पार्टीबाट सप्तरीको निर्वाचन क्षेत्र नं. १ मा दिपेन्द्र प्रसाद यादव, क्षेत्र नं. २ मा रञ्जु झा ठाकुर, क्षेत्र नं. ३ मा डा. सन्तोष चमन यादव र क्षेत्र नं. ४ मा कोशल किशोर दास उम्मेदवार छन् ।
उक्त पार्टीद्वारा जारी गरिएको संकल्पपत्रमा संघीय गणतान्त्रिक सहितको पुर्ण लोकतान्त्रिक हिन्दु सनातन राष्ट्र निर्माण, सबै जातजाती धर्मावलम्वी र क्षेत्रको न्यायोचित समावेशीकरण, समानुपातिक प्रतिनिधित्व, शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक र पत्रकारिता क्षेत्रको उत्थान लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।
जिल्ला अध्यक्ष दिपेन्द्र यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष त्रिभुवननाथ पाठक, सचिव जयनाथ यादव, मधेश प्रदेश प्रदेश अध्यक्ष शत्रुघन प्रसाद साह तथा महन्थ मोतीदास बैरागी लगायतले उम्मेदवारको पक्षमा आ–आफ्नो विचार राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
- 2083/02/12 भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
- 2083/02/11 राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
- 2083/02/10 राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ