News Category 2082/11/07
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
नेपाल पत्रकार महासंघका महासिचव एवं प्रेस काउन्सिल नेपालका सदस्य रामप्रसाद दाहालले निर्वाचन आचारसंहिता भित्र रहेर समाचार प्रकाशन र प्रसारण गर्न आग्रह गरेका छन् ।
बिहीबार राजविराजमा प्रेस काउन्सिल नेपालद्वारा आयोजना गरिएको निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
मिडिया आफैमा एउटा सशक्त माध्यम भएको भन्दै उनले हाल नयाँ प्रविधिको भईरहेको दुरुपयोग प्रति चिन्ता व्यक्त गर्दै यसतर्फ पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
‘स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल’ मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष बैद्यनाथ झा र जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीले सप्तरीमा आचारसंहिताको अवस्थाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका आचारसंहिता अनुगमनकर्ता प्रकाश बस्यालले सातवटै प्रदेशमा यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिदै यसले पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र उत्तरदायी बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।
प्रेस काउन्सिल नेपालले आयोजना गरेका कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ठ अतिथि मुख्य निर्वाचन अधिकृत किशोर घिमिरे, प्रेस काउन्सिल नेपालका सदस्य शान्ताराम विडारी, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल लगायतकाले पत्रकार आचारसंहिताको पालनामा जोड दिनुभयो ।
कार्यक्रममा बरखगणका प्रमुख सेनानी सोवित बहादुर चन्द, नेपाल प्रहरीका प्रहरी उपरीक्षक गौतमकुमार केसी, उच्च अदालत जनकपुर राजविराज इजलास वार एसोशिएसनका अध्यक्ष हरेराम यादव सहितको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ