News Category 2082/11/10
राजगढको सबै वडामा मतदाता शिक्षा संचालन
दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
सप्तरीको राजगढ गाउँपालिकामा मतदाता शिक्षा बिशेष कार्यक्रम अन्तरगत ६ वटै वडामा मतदाता शिक्षा संचालन भईसकेको छ ।
जिल्लाको चार बटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा शुरु भईसकेको अवस्थामा राजगढको सबै वडामा मतदाता शिक्षा संचालन भइसकेको अनुगमनकर्ता चन्द्र किशोर यादवले जानकारी दिए ।
उनले मतदाता शिक्षाले राजगढमा मात्र नभई पुरै जिल्लामा मत दिन मात्र सिकाउने नभई बदर मतको अनुपात घटाउन र निर्वाचनमा मतदाताको सहभागिता बढाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
राजगढ गाउँपालिकाको मतदाता शिक्षा अनुगमनकर्ता यादवले घरआँगनमा पुगेर दिइने शिक्षाले निर्वाचनलाई सरल, सहज र सहभागितामूलक बनाउन मद्दत पुग्ने बताए ।
मतदाता शिक्षा स्वयसेवकहरुले फागुन ३ गतेदेखि राजगढ गाउँपालिकामा कार्यरत सहजकर्ताहरुले आप्mनो–आप्mनो वडामा खटिएको मतदाता शिक्षा अनुगमनकर्ता यादवले जनाएका छन् । मतदाताहरुलाई निर्वाचन सम्बन्धी तथ्यपरक जानकारीका साथै नमुना मतपत्र देखाई मतदान गर्ने तरिकाको विषयमा स्वयंसेवहरुले जानकारी दिन र यसले बदर मतको संख्या घटाउने अपेक्षा गाउँपालिकाको मतदाता शिक्षा अनुगमनकर्ता यादवको भनाई छ ।
अनुगमनकर्ता यादवको अनुसार तालिम प्राप्त बाल विकास सहजकर्ताले फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने छन् । राजगढ गाउँपालिकाको सहजकर्ताहरुले घर आँगनमा पुगेर लोकतन्त्रमा मतदानको महत्व र आवश्यकता बुझाउनुका साथै नमुना मतपत्रका आधारमा मतदान गर्ने तरिका सिकाउने उनले जानकारी दिए ।
विगतका चुनावमा प्रतिनिधिसभा, प्रदेश सभा र दुई वटा सामानुपातिक गरी चार वटा मतपत्रमा छाप लगाउनु पर्दा धेरैजसो मतदाता झुक्किएर मत बदर भएको पाईएको थियो । यस पटक एक जना मतदाताले दुई वटा मतपत्रमा मात्र मत दिनुपर्ने भएकाले केही सहज देखिए पनि बदर मत न्यूनीकरणका लागि मतदाता शिक्षा आवश्यक रहको राजगढ गाउँपालिका वडा नं. ५ की सहजकर्ता आरती कुमारी ठाकुरले बताइन् ।
जिलामा रहेको १९ वटा स्थानीय तहका १ सय ६४ वडामा मतदाता शिक्षा प्रारम्भ भईसकेको तथा आगामी फागुन १७ गतेसम्म मतदाता शिक्षा संचालन हुने जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीले जनकारी दिए ।
मतदाता शिक्षा विशेष कार्यक्रम अन्तरगत सप्तरी जिल्लाको १८ वटा पालिकामा निर्वाचन सम्पर्क व्यक्तिलाई मतदाता शिक्षा अनुगमनकर्ताम नियुक्त गरी माघ २५ गते तालिम सम्पन्न भएको उनले जानकारी दिए । बालविकास सहजकर्ता तथा महिला स्वयंसेवकमध्ये एक जनालाई हरेक वडामा मतदाता शिक्षा स्वयसेवकमा नियुक्ति दिई एक दिने प्रशिक्षण समेत दिइएको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
- 2083/02/12 भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
- 2083/02/11 राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
- 2083/02/10 राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ