News Category 2082/11/24
महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
दैनिक समाचारदाता
राजबिराज, २४ फागुन ।
राजबिराज जेसीजको आयोजनामा ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा “आजको समयमा महिलाको भूमिका” विषयक अन्तरक्रिया तथा प्यानल छलफल कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा प्यानल सदस्य मन्जु श्रेष्ठले महिलाको सहभागिता बिना समाजको समग्र विकास सम्भव नहुने बताउँदै महिलालाई शिक्षा, सीप र अवसरको पहुँच सुनिश्चित गर्न आवश्यक रहेको बताइन् । महिलाले आफ्नो अधिकारप्रति सचेत हुँदै नेतृत्वदायी भूमिकामा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
अतिथि तथा प्यानल सदस्य अधिवक्ता मनु खनालले महिलाका अधिकार संरक्षणका लागि कानुनी सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् । पत्रकार अम्बिका दाहालले सञ्चारमाध्यमले महिलाको सकारात्मक योगदान र सफलताका कथालाई प्राथमिकताका साथ उजागर गर्नुपर्ने धारणा व्यक्त गरिन् । अधिकारकर्मी अनिता देवकोटाले समाजमा अझै देखिने लैङ्गिक विभेद अन्त्य गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन् । राजबिराज जेसीजकी पूर्व अध्यक्ष नानी मैया कटवालले महिलालाई सामाजिक तथा नेतृत्वदायी भूमिकामा सक्रिय हुन प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
राजबिराज जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रवी कुमार रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसी मधु रायले संयोजन तथा कार्यक्रम जेसी रन्जना चौधरीले संचालन गरेकी थिइन् । कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, पत्रकार, समाजसेवी, विद्यार्थी तथा स्थानीय महिलाको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ