News Category 2082/11/24
सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरीको चार वटै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरु फराकिलो मतान्तरले बिजयी भएका छन् ।
जिल्लाको क्षेत्र नं. १ बाट रास्वपाका पुष्पा चौधरी, क्षेत्र नं. २ बाट रामजी यादव, क्षेत्र नं. ३ बाट डा. अमरकान्त चौधरी र क्षेत्र नं. ४ बाट सीताराम साह फराकिलो मतान्तरले बिजयी भएका हुन् ।
शनिबार साँझ क्षेत्र नं. ४ को मतपरिणाम सार्वजनिक भएपनि बाँकी तीनै वटा क्षेत्रको अन्तिम मतपरिमाण आइतबार दिउँसो सार्वजनिक गरिएको हो । तीनै क्षेत्रमा रास्वपाकै उम्मेदवारहरु अग्रस्थानमा थिए ।
घोषित परिणाम अनुसार क्षेत्र नं. १ मा रास्वपाकी पुष्पा चौधरीले ३८ हजार १ सय ९५ मत ल्याई निर्वाचित भइन् । उनका निकटत्तम प्रतिद्वन्दी स्वाभिमान पार्टीका सुमित साहले ७ हजार ८ सय ४७ मत प्राप्त गरे । यस्तै नेकपा एमालेका सुमनराज प्याकुरेल ७ हजार ६ सय ५२ तथा नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका रामदेव साहले ६ हजार ९ सय ९४ र जनमत पार्टीका जयकान्त राउतले ४ हजार ८ सय ३३ मत प्राप्त गरि क्रमशः तेश्रो, चौथो र पाँचौं स्थानमा रहे । सोही क्षेत्रबाट जसपा नेपालका श्यामसुन्दर सरदारले २ हजार ५ सय ५८ र नेकपाका रबिन्द्र चौधरीले १ हजार ६ सय २६ मत ल्याई छैंठो र सातौं स्थानमा रहेका छन् ।
क्षेत्र नं. २ मा रास्वपाका रामजी यादवले २८ हजार ४ सय ४ मत ल्याई निर्वाचित हुँदा उनका निकटत्तम प्रतिद्वन्दी जसपा नेपालका उमेश कुमार यादवले १४ हजार २ सय ६३ मत प्राप्त गरे । यसअघिको निर्वाचनमा बिजयी भएका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले ९ हजार ८ सय ८० मत ल्याई तेश्रो स्थानमा सीमित रहे । यस्तै पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले ३ हजार ५ सय ५७, नेपाली काँग्रेसका जिल्ला उपसभापति समेत रहेका रामकुमार यादवले २ हजार ४ सय ९८, राष्ट्रिय निर्माण दलका अफरोज आलमले १ हजार १ सय २०, नेकपा एमालेका मो. जियाउल रहमानले ८ सय ८३ तथा नेकपाका सूर्यनाथ प्रसाद यादवले ४ सय २६ मत ल्याएका छन् ।
क्षेत्र नं. ३ मा रास्वपाका अमरकान्त चौधरीले ३२ हजार ८ सय ७५ मत प्राप्त गरी बिजयी भए भने निकटत्तम प्रतिद्वन्दी जसपा नेपालका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले १५ हजार २ सय ३९ मत मै सिमित रहे । सोही क्षेत्रबाट यसअघि निर्वाचित भएका नेपाली काँग्रेसका दिनेश कुमार यादवले ८ हजार ४ सय २८ मत ल्याई तेश्रो स्थानमा रहे भने नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका ताराकान्त चौधरीले ६ हजार ७ सय १५ मत ल्याई चौथो स्थानमा चित्त बुझाएका छन् । जनमत पार्टीका सुरेन्द्र प्रसाद शर्माले २ हजार ८ सय ६९, नेकपाका अरुण कुमार साहले १ हजार ६ सय ३५ मत ल्याएका छन् ।
क्षेत्र नं. ४ मा रास्वपाकै सीताराम साहले ३६ हजार ४ सय १२ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका निकटत्तम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रत्यासी तेजुलाल चौधरीले १३ हजार १ सय ३ मत मात्र ल्याए । जसपा नेपालकी बबि सिंह यादवले १० हजार २ सय ८०, नेकपाकी रुबी कुमारी कर्णले १ हजार ७ सय ९ मत ल्याई क्रमशः तेश्रो र चौथो स्थानमा रहे । नेकपा एमालेका गंगाप्रसाद चौधरीले १ हजार १ सय ७७, जनमत पार्टीका जितेन्द्र कुमार साहले ९ सय ९५ मत प्राप्त गरे ।
यता निर्वाचनमा मधेशवादी दलका दुई अध्यक्षदेखी पूर्व मुख्यमन्त्री सम्म आ–आफ्नो निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारसँग फराकिलो मतान्तरले पराजित भए ।
सप्तरीको क्षेत्र नं. २ मा उम्मेदवार रहेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत तेश्रो स्थानमा रही रास्वपाका रामजी यादवसँग १८ हजार ५ सय २४ मतको अन्तरले पराजित भए । यस्तै पूर्वमुख्यमन्त्री सतिश कुमार सिंह रास्वपाका रामजी यादवसँग २४ हजार ८ सय ४७ मतले पराजित भए ।
यस्तै क्षेत्र नं. ३ मा उम्मेदवार रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव १७ हजार ६ सय ३६ मतले रास्वपाका डा. अमरकान्त चौधरीसँग पराजित भए ।
यस्तै लगातार तीन पटक संसदीय निर्वाचन जितेर ह्याट्रिक लगाइसकेका पूर्व मन्त्री तेजुलाल चौधरी क्षेत्र नं. ४ मा विगतमा एउटै पार्टीमा रहेका रास्वपाका सीताराम साहसँग २३ हजार ३ सय ९ मतले पराजित भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ