News Category 2082/11/26
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । सप्तरीलाई आँपको राजधानी मानिन्छ ।
जिल्लामा यस वर्ष विगतको तुलनामा बढी आँपको बोटमा मन्जरी लागेकोले उत्पादनमा वृद्धि हुने भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
गत वर्ष ६४ हजार ३ सय ७३ मेट्रिकटन आँपको उत्पादन भएकोमा यस वर्ष ७५ हजार मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउतले जानकारी दिए ।
गत वर्ष आँपका लागि ‘अफएयर’ अर्थात् नफल्ने वर्ष थियो र यस वर्ष ‘अनएयर’ अर्थात् फल्ने वर्ष भएकोले उपादकत्वमा वृद्धि हुने उनले बताए ।
कूल ८ हजार २ सय ५३ हेक्टर जमिनमा आँपको बोट रहेको जिल्लामा चालु आ.व. २०८२÷०८३ मा ७५ हजार मेट्रिकटन उत्पादकत्व हुने कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
मधेश प्रदेशमै सबै भन्दा बढी आँप उत्पादन हुने जिल्लाको रूपमा पनि चिनिएको सप्तरीको भौगौलिक अवस्था र हावापानीको दृष्टिकोणले हेर्दा आँप उत्पादनका सुहाँउदो मानिन्छ ।
मधेश प्रदेशमा सप्तरीपछि सिरहामा पनि रामै आँप उत्पादन हुन्छ तर, स्वादको मामिलामा सप्तरीको आँप उत्कृष्ट मानिएको छ । यहाँको मालदह, बम्बई, कलकतीया, अम्रपाली, मल्लिका र गुलाव खास आँप स्वादिलो हुने भएकाले अनयन्त्र जिल्लामा पनि ती आँपहरूको ठुलो माग रहिआएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ