News Category 2082/11/26
सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
सप्तरीको चारै निर्वाचन क्षेत्रमा कायम रहेको कुल ४ लाख ४६ हजार ४ सय २ मतदाता मध्ये ३ लाख १० हजार ७ सय ४५ मत खसेकोमा १९ हजार ५ सय ६८ मत बदर भएका छन् । यो संख्यालाई प्रतिशतमा नियाल्दा झण्डै ६.३ प्रतिशत मत बदर भएको हो ।
क्षेत्र नं. १ मा ७६ हजार १ सय २५ मत खस्दा ४ हजार ८ सय १ तथा क्षेत्र नं. २ मा ६८ हजार ५ सय ६ मत खस्दा ५ हजार ७ सय २३ मत बदर भएको छ ।
यस्तै क्षेत्र नं. ३ मा ७४ हजार ७ सय ३० मत खस्दा ५ हजार ३ सय ३४ तथा क्षेत्र नं. ४ मा ७१ हजार ८ सय १६ मत खस्दा ३ हजार ८ सय १० मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ ।
यसरी बदर भएका मतपत्रमा कतिपयमा दुई वटा चुनाव चिन्हमा छाप लगाइएको, कोठा बाहिर छाप लगाइएको तथा ल्याप्चे लगाइएको पाइएको छ ।
निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी तुल्याएको दावी गरिरहेपनि परिणाम भने त्यस्तो देखिएन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा देखिएको बदर मतको संख्याले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेको पुष्टि गरेको छ ।
सबैतिर मतदाता शिक्षा कार्यक्रम पुग्न नसक्दा बदर मतको संख्या बढेको स्थानियको भनाई छ । सरकारले बदरमत घटाउन मतदाता शिक्षाका लागि लाखौं रुपैयाँ खर्च गरेपनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्तो परिणाम देखिएको भन्दै स्थानियले भावी दिनमा यसतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ