News Category 2082/11/28
दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
गरिबी निवारण तथा कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले सप्तरीको बलानबिहुल गाउँपालिकामा दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण वितरण गरिएको छ ।
सो गाउँपालिकाको वडा नं. ६ मा दलित कृषक समूहलाई बीउबिजन, कृषि उपकरण तथा विभिन्न कृषि सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले १ सय २० जना दलित कृषकलाई बीउबिजन, कृषि उपकरण तथा विभिन्न कृषि सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले जानकारी दिए । उनले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए ।
कृषकलाई खेतीपातीमा सहजता ल्याउने तथा उत्पादन वृद्धि गर्ने लक्ष्यसहित बीउबिजन र आवश्यक कृषि सामग्री प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
स्थानीय कृषकहरूले प्राप्त गरेको सामग्रीले खेतीपातीमा सहयोग पुग्ने र उत्पादन बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ