News Category 2072/06/23
बिरगंजमा अर्धनग्न धोती जुलुस प्रदर्शन
दैनिक संवाददाता
बिरगंज, २२ असोज ।
जारी मधेस आन्दोलनको ५६ औं दिन र नाकाबन्दीको १५ औं दिन शुक्रबार संघिय समावेसी मधेसी मोर्चा पर्साले वीरगंजमा अर्धनग्न धोती जुलुस प्रर्दशन गरेको छ ।
मधेस आन्दोलनको ५६ औं दिन बितिसक्दा पनि नेपाल सरकारले मुलुक आधि अवादि भएका मधेसी समुदायहरुको भावनालाई कदर नगरी नयाँ सरकार गठनको खेलमा लोगेको नाङ्गो राजनीतीका बिरुद्ध निर्धारित कार्यक्रम अन्र्तगत मोर्चाले व्यागांत्मक रुपमा सरकार नाङ्गो भईसकेको महसुस गरी मोर्चाले अर्धनग्न प्रर्दशन गरेको मोर्चाका नेता शशिकपुर मियाँले बताउनुभयो ।
वीरगंजको घण्टाघरबाट निस्केको सो जुलुस मधेसको माग पुरा गर, मधेस बिरोधी संबिधान शंशोधन गर, मधेसी एकता जिन्दाबाद जस्ता नारा लगाउदै वीरगंज नगरपरिक्रमा गरी पुनः घण्टाघरमै पुगेर समापन भएको थियो ।
समापन सभालाई सम्बोधन गर्दै मोर्चाका एक घटक नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले अधिकार प्राप्तिको लागि आफनै देश भित्र देशको आधि जनसंख्या भएका मधेसी समुदायहरुले दुई महिनादेखि आन्दोलन गरिरहेको तर नेपाल सरकार तथा यहाँका तिन ठुला दलका प्रमुखहरुले वेवास्ता गरी सत्ताको खेलमा लाग्नु नेपालकै लागि दुर्गभाग्य भएको ठोकुवा गर्दै अब पनि आन्दोलनलाई चाँडै सम्बोधन नगरिए देश गम्भिर संकटमा जाने बताउनुभयो ।
सो सभालाई नेकपा माओवादीका पर्सा संयोजक छोटेलाल यादव, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बिरेन्द्र यादव, राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल, नेपाल समाजवादी पार्टी लोहीवादीका पर्सा अध्यक्ष अजय गुप्ता, नेसपा पर्साका अध्यक्ष मनोज कर्ण लगायतकाले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा मोर्चाका नेता, कार्यकर्ता तथा सर्वसाधारणको व्यापक उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ