News Category 2072/06/25
दंगाग्रस्त क्षेत्र हटेपनि प्रहरीले मर्निङवाक गर्न निस्केका युवकसहित स्थानियलाई कुटे
दैनिक संवाददाता
राजविराज, २४ असोज ।
दंगाग्रस्त क्षेत्र हटेको दुई दिनपछि आइतबार बिहान सप्तरीको कञ्चनपुर नगरपालिका ५ राजमार्गमा घुमफिर गर्न निस्केका एक युवकलाई प्रहरी निर्घात कुटपिट गरेको छ ।
कञ्चनपुर नगरपालिका–५ निवासी बालकिसुन मण्डलका १६ वर्षीय छोरा टुनानन्द मण्डललाई प्रहरीले कुटपिट गरेका हुन् । विहान ५ बजे बस तथा मालबाहक ट्रकहरुलाई स्कर्टिङ गर्ने प्रहरीको कुटाइबाट मण्डलको हातमा गहिरो घाउ भएको छ ।
प्रहरीको कुटाईबाट घाइते भएका मण्डलले बिहान दंगाग्रस्त क्षेत्र हटेको सुनेपछि घुमफिर गर्न घरबाट आफू निस्कँदा प्रहरीले लट्ठीले र अन्य स्थानियलाई समेत निर्घात कुटपिट गर्नुका साथै आफुसँग रहेको नोकिया मोबाइल समेत खोसेको बताएका छन् ।
सोही विषयलाई लिएर सडकमा सर्वसाधरण कुटिएपछि आइतबार विहानैदेखि कञ्चनपुर नगरपालिकास्थित कञ्चनपुर बेरीयर तनावग्रस्त बनेको थियो । प्रहरी र प्रर्दशनकारीबीच दोहोरो झडपसमेत भएको छ । प्रदर्शनकारीले बेरियरस्थित नेपाल बैंकमा ढुंगामुढासमेत गरेका छन् ।
दुई दिन अघि मात्र दंगाग्रस्त क्षेत्र हटेपछि स्थानीय बजार खुल्न थालेपछि आइतबार पुनः पसल, कलकारखाना समेत पूर्णरुपमा बन्द गरिएको छ । यसै क्रममा बेरियर चौकमा इलाका प्रहरी कार्यालय, कञ्चनपुरअगाडि मधेशी मोर्चासँग सम्बद्ध आन्दोलनकारीले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले कुटपिट गर्ने प्रहरी पहिचान गरी कारबाही गर्ने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ