News Category 2072/06/25
दुई दिन अघि मात्र हटाइएको दंगाग्रस्त क्षेत्र पुनः घोषणा
दैनिक संवाददाता
राजविराज, २४ असोज ।
दुई दिन अघि मात्र स्थानीय प्रशासनले राजमार्ग क्षेत्रबाट हटाइएको दंगाग्रस्त क्षेत्र आईतबारदेखि पुनः साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अनिश्चितकालिन घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले पूर्वमा कोशी ब्यारेजदेखी पश्चिममा बलान नदीसम्म आईतबारदेखी स्थानिय प्रशासनले सो दंगाग्रस्त क्षेत्र घोषणा गरिएको सप्तरीका निमित प्रमुख जिल्ला अधिकारी चिरन्जिवी प्रसाद भटराईले जानकारी दिनुभयो ।
पुर्वमा कोशी ब्यारेजदेखि पश्चिममा बलान नदीको पुलसम्मको पुर्व पश्चिम लोकमार्ग, कदमाहादेखि पन्ध्र कठठे सडक खण्ड र उक्त सडक खण्डको दायाँ ५ सय मिटर र बायाँ ५ सय मिटरसम्मको सम्पुर्ण क्षेत्रलाई स्थानीय प्रशासन दंगाग्रस्त क्षेत्र घोषणा गरेको जनाएको छ ।
तोकिएको क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन गर्न अथवा पोष्टर वा पर्चा जस्ता सामग्री टाँस्न वा लेख्न, सडक अवरुद्ध गर्न तथा तोकिएको दंगाग्रस्त क्षेत्रमा ५ वा सो भन्दा बढी ब्यक्तिहरु जम्मा हुन निषेध गरिएको जनाइएको छ ।
यसअघि स्थानीय प्रशासनले भदौ ३१ गतेदेखि सो स्थानहरुमा १२ घण्टे दंगाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने त्यसअघि सो क्षेत्रमा २४ घण्टे दंगाग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ