News Category 2072/09/11
बन्दको अवज्ञा नगर्न मधेशी मोर्चा सप्तरीको आग्रह पत्रकारमाथि प्रहरीले गरेको कुटपिटको मोर्चाद्वारा भत्र्सना
दैनिक संवाददाता
राजविराज, १० पुस ।
अधिकार प्राप्तिको निर्णायक मधेश आन्दोलनलाई थप सशक्त बनाउन घोषित कार्यक्रमहरुमा सहयोग तथा सहभागिताका लागि मधेशी मोर्चा सप्तरीले आग्रह गरेको छ ।
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा शुक्रबार जारी विज्ञप्तीमा यस्तो आग्रह गरिएको हो ।
मोर्चाका जिल्ला संयोजक कपिलदेव यादवको अध्यक्षतामा शुक्रवार बसेको मार्चाको बैठकले पुस ११ गते वृहत विरोध सभा, १३ गते युवा विद्यार्थीद्वारा गजेन्द्र चौकमा मधेश क्रान्ति साँस्कृतिक कार्यक्रम र १५ गते वृहत लाठी जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेकोले उक्त कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउन मोर्चाले आग्रह गरिएकोे छ ।
सर्वसाधारण जनताको पिर मार्कालाई ध्यानमा राखी हप्ताको एक दिन मात्र सोमबार सम्पूर्ण बैंकलाई खोल्ने तथा कुनै किसिमको अवरोध नगर्न मोर्चाले निर्णय गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मोर्चाको बैठकले जिल्लामा रहेका सम्पूर्ण सरकारी, गैर सरकारी, अर्ध सरकारी कार्यालय तथा संघ संस्थाहरु पूर्ण रुपमा बन्द रहेकोले सो कार्यालय तथा संघ संस्थाहरु अझै पूर्ण रुपमा बन्द तथा ठप्प गरी निर्णायक यस मधेश आन्दोलनलाई उचाईमा पु¥याउन सहयोग गरि दिन अपील गरेको छ । मोर्चाको निर्णय विपरित कुनै सरकारी तथा गैर सरकारी कार्यालय सञ्चालन गरिएमा त्यसमा हुने क्षतिको जिम्मेवार स्वयं सो कार्यालयहरु हुने जनाईएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा प्रहरीद्वारा पत्रकार अवधेश झामाथि भएको आक्रमणको घोर निन्दा गर्दैै राज्यबाट चौथो अंगमाथि भएको प्रहार घोर निन्दनीय खेद पूर्ण रहेको भन्दै दोषीमाथि कडा कारवाही गर्न मोर्चाले माग गरेको छ । साथै आन्दोलन निरन्तर जारी रहेको र उचाईमा पुगिरहेको आन्दोलनलाई अझंै उचाईमा पु¥याउन सबैसँग अपील समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
- 2082/05/08 चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ