News Category 2072/09/13
महतोमाथी भएको प्रहरी दमनको चर्को बिरोध जिल्ला प्रशासन कार्यालयको समेत कामकाज बन्द
दैनिक संवाददाता
राजविराज, १२ पुस ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि शनिबार बिराटनगरस्थित रानी नाकामा धर्ना बसेका क्रममा प्रहरीबाट सांघातिक आक्रमण भएको विरोधमा आइतबार बिहानैदेखि सप्तरीको विभिन्न स्थानमा चर्को बिरोध प्रदर्शन भएको छ ।
सदरमुकाम राजविराज, हनुमाननगर, भारदहसहितका ठाउँहरुमा मोर्चा कार्यकर्ताहरुले बिहानैदेखि प्रदर्शन गरेका हुन् । राजविराजस्थित गजेन्द्र चोक, जनआन्दोलन चोकसहितका स्थानहरुमा टायर बालेरसमेत प्रदर्शन गरेका छन् ।
यस्तै मोर्चाले माइकिङ्ग गरि बिहान खुलेका राजविराजका पसलहरु ११ बजेबाट बन्द गर्न आग्रह समेत गरेको थियो । सोही क्रममा मोर्चाले जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा पुगेर कामकाज बन्द गराउन आग्रह समेत गरेको थियो । सोही आग्रह अनुसार आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहान ११ बजेपछि सम्पूर्ण कामकाज बन्द गरिएको मोर्चाका संयोजक कपिलदेव यादवले जानकारी दिनुभयो । यता कार्यालय बन्द भएपछि सेवाग्रहीहरु रित्तै फर्कन बाध्य भएका थिए ।
यसैबीच मोर्चाले सप्तरीका शिक्षण संस्थाहरुमा भइरहेको परिक्षालाई ध्यानमा राखि कुनै अवरोध पु¥याएनन् । विगत तीन महिनादेखी विद्यालयहरुमा पोशाक बिना अध्ययन अध्यापन भइरहेको छ ।
यसअघि मोर्चा कार्यकर्ताहरुले शनिबारराति पनि सद्भावना अध्यक्ष महतोमाथि राज्यले सुनियोजितढंगले आक्रमण गराएको भन्दै राजविराजमा मसाल जुलुस प्रदर्शन गर्नुको साथै जिल्ला प्रहरी कार्यालय अगाडि सरकार र गृह मन्त्रीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
- 2082/10/26 जागिर छाडेर चुनावी मैदान
- 2082/10/25 सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
- 2082/10/25 स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ