News Category 2072/09/13
गठबन्धनले “भैंसी”लाई नौं सूत्रिय माग बुझायो
दैनिक संवाददाता
राजविराज, १२ पुस ।
संघीय समावेशी मधेसी गठबन्धनले सरकारी रवैया बिरुद्ध आइतबार राजविराजमा भैंसीलाई ज्ञापन पत्र बुझाएको छ ।
स्थानिय शिव मन्दिरको प्राङ्गणमा गठबन्धनका तर्फबाट राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले भैसी अगाडी सो ज्ञापन पढेर सुनाउनु भएको थियो ।
गठबन्धनले भैंसीलाई सरकारको प्रतिकको रुपमा व्याख्या गर्दै अहिलेको सरकार भैसी जस्तो भएको बताएको छ । “भैंसी र सरकार एउटै हो । भनेको कुरा नबुझ्ने, आन्दोलनको स्वर नसुन्ने सरकार भैसी जस्तै हो,’ अध्यक्ष मण्डलले जनाउनुभयो ।
भैंसीहरुमा राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेस सभापति शुशिल कोइराला र सभामुख ओनसरी धर्ती मगरको नाम उल्लेख गर्दै ब्यानर झुण्ड्याइएको थियो । उहाँले भैंसीलाई गठबन्धनका तर्फबाट ९ सुत्रीय मागपत्र समेत बुझाउनु भएको थियो ।
सो गठबन्धनमा शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, जयप्रकाश गुप्ता नेतृत्वको तराई मधेश राष्ट्रिय अभियान, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक आवद्ध छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
- 2082/10/26 जागिर छाडेर चुनावी मैदान
- 2082/10/25 सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
- 2082/10/25 स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ