News Category 2072/09/14
“मधेस देश“ को नारा अगाडी बढ्न सक्ने चेतावनी ः वक्ताहरु
दैनिक संवाददाता
राजविराज, १३ पुस ।
जारी मधेश आन्दोलनलाई निष्कर्षमा पु¥याई छाड्ने नभए “मधेस देश“ को नारा अगाडी बढ्न सक्ने एक कार्यक्रमका वक्ताहरुले चेतावनी दिएका छन् ।
मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीको आयोजनामा सोमबार राजविराजस्थित गजेन्द्र चौकमा आयोजित युवा विद्यार्थी मधेश तहत मुक्ति जनजागरण अभियान अन्तर्गत मधेश क्रान्ति साँस्कृतिक कार्यक्रममा सहभागि अधिकांश बक्ताहरुले सो चेतावनी दिएका हुन् ।
हजारौंको सहभागितामा मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीको आयोजनामा सम्पन्न कार्यक्रम युवा विद्यार्थी मोर्चाका संयोजक शम्भु यादवको अध्यक्षता तथा मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थी मंचका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादव, संघिय समाजवादी फोरम नेपालका विद्यार्थी इंचार्ज अशोक कुमार यादव, विद्यार्थी मंचका पूर्व केन्द्रीय संयोजक दिनेश कुमार यादव, विद्यार्थी नेता मकसुदन यादव, मोर्चा सहसंयोजक तारकेश्वर यादव लगायतका विद्यार्थीहरूले कविता, चुटकिला गित गजल समेतबाट सरकारको बिरोध गरेका थिए ।
सोही साँस्कृति कार्यक्रममा शैलेश मंडल, कौशल झा, पंकज अमात्य, सोनु कुमार, केशब कर्ण, ज्योति कर्ण लगायतका वक्ताहरुले मधेशी मोर्चाका अगुवा नेता एवं सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोलाई निरंकुश सरकारको योजनाबद्ध तरीकाले हत्या गर्ने प्रयास गरेकोप्रति आक्रोस व्यक्त गर्दै अब उपरान्त सो घटना दोहरिए हतियार उठाउन बाध्य हुने चेतावनी दिएका छन् ।
उक्त कार्यक्रममा कलाकारहरू कैलाश झा, वीरेन्द्र झा, महेन्द्र मण्डल वनवारी, सत्येन्द्र नाथ चौधरी, भूपेन्द्र मण्डल, जिवछ दास, अन्जू यादव, पशुपति दास, शिवानी थारु, संजिव सोनु, केशव चौधरी, विद्यानन्द वेदर्दी, देवकरण माझी, कौशल, सुमित, धर्मेन्द्र, श्रीनारायण लगायतले आ–आपनो कला प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा मधेसी विरोधी केपी ओली भन्दै प्रधानमन्त्रीचलाई व्यङ्ग गर्दै चित्रनको रुपमा अभिनय गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
- 2082/10/26 जागिर छाडेर चुनावी मैदान
- 2082/10/25 सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
- 2082/10/25 स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ