News Category 2072/09/26
आन्दोलनबाटै मधेश र मधेशीको मुक्ति हुने ः वक्ताहरु
राजविराज÷मधेश आन्दोलनको अवस्था एवं स्थिति बिषयक अन्तरक्रिया कार्यक्रम शनिबार राजविराजमा सम्पन्न भएको छ ।
बौद्धिक समाज सप्तरीको आयोजनामा आयोजित अन्तरक्रियामा वक्ताहरुले आन्दोलनलाई अझ सशक्त बनाउनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा वक्ताहरुले मधेशमा जारि आन्दोलनमा सम्पूर्ण मधेशी दलहरु एक जुट भई एउटै छातामूनी आन्दोलन गरे मात्र मधेशीको अधिकार प्राप्त हुने कुरामा जोड दिएका छन् । उनीहरुले आन्दोलनमा मधेशवादी दलहरु एक अर्कामा दोषारोपन नगरेर एकजुट भए मात्र राज्यपक्ष मधेशी जनतासामु झुक्ने जिकिर गरेका छन् ।
आन्दोलन निर्णायक मोडमा पुगिसकेको भन्दै वक्ताहरुले आन्दोलनलाई निरन्तरता दिनु पर्ने र आन्दोलनले नै मधेशीको हक अधिकार स्थापित हुने कुरामा विश्वस्त रहेको बताएका छन् ।
बौद्धिक समाज सप्तरीका संयोजक अमरकान्त झाको अध्यक्षतामा आयोजित अन्तरक्रियामा वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डल, पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादव, पूर्व सभासद् शिवचन्द्र मिश्र, प्यावसन अध्यक्ष पंचदेव यादव, अधिवक्ता देवनारायण यादव, पूर्वक्याम्पस प्रमुखद्वय डा. चिरन्जीवी लाल देव र डा. रामखेलावन यादव, सहायक क्याम्पस प्रमुख मिथिलेश कुमार यादव, प्राध्यापक गजेन्द्र कुमार सिंह यादव, इं प्रयाग यादव, प्राध्यापक बिमलकान्त झा, पत्रकार विष्णुकुमार मण्डल, कैलाश यादव, देवनाराण यादव, हरिनारायण मण्डल, युवा विद्यार्थी नेता बिनोद कुमार मण्डल लगायतले आन्दोलनलाई अझ सशक्त बनाउनु पर्नेमा जोड दिँदै आन्दोलनबाटै मधेशीको मुक्ति हुने विश्वास व्यक्त गर्नुभयो । सो अन्तरक्रियाको संचालन समाजका सचिव अनिलकुमार अनलले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ