News Category 2072/09/28
जारि आन्दोलनका कारण गाउँका जनता सचेत
दैनिक संवाददाता
राजविराज, २७ पुस ।
उमा सिंह स्मुति दिवस तथा जारी मधेस आन्दोलन र मधेसी पत्रकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्तम सोमबार राजविराजमा सम्पन्न भएको छ ।
मधेसी पत्रकार समाज सप्तरीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले मधेसमा जारी आन्दोलनका कारण मधेशका गाउँ गाउँमा जनताहरुले आफ्नो हक अधिकारका बारेमा सचेत भइसकेको बताएका छन ।
लामो समयदेखी जारि आन्दोलनका कारण जनता सडकमा नआए पनि गाउँ गाउँमा चेतना बढेको दाबी गर्दै वक्ताहरुले मधेस आन्दोलनलाई कमजोर पार्न तस्कर तथा घुसपेटियाहरु समेत प्रयोग भइरहेकोप्रति आक्रोस व्यक्त गरेका छन् ।
समाजका अध्यक्ष शैलेन्द्र सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य शैलेन्द्रप्रसाद साहले सरकार समस्या समाधानको पक्षमा नरहेको जिकिर गर्दै सरकार र मोर्चाबीच २५ पटकसम्मको वार्तामा सरकार राजनीतिक रुपमा प्रस्तुत नभएको आरोप लागाउनुभयो ।
मधेस आन्दोलनको पक्षमा समाचार प्रकाशन तथा प्रशारण गरेका पत्रकारहरु प्रहरी (राज्य) को निसानामा परेको जानकारी दिदै साहले अधिकार र पहिचानको आन्दोलनको कारण मधेसी पत्रकार पनि त्यसै भित्र परेकोले आक्रमणको सिकार भएको बताउनुभयो ।
सोही कार्यक्रमा तराई मधेश लोकतान्त्रिकका केन्द्रिय सदस्य जयप्रकाश ठाकुरले राष्ट्रिय मिडियाहरु मधेसी विरोधी रहेको भन्दै उनीहरु तीन दलका समर्थकहरु समेत रहेको दाबी गर्नुभयो ।
त्यस्तै अन्तक्र्रियामा सद्भावनाका केन्द्रिय सदस्य दिपेन्द्र चौधरीले संसारकै इतिहासमै आन्दोलन धेरै लामो भएकोले अब तुरुन्त माग सम्बोधन नभएमा देश ठूलो दुर्घटनामा पर्न सकिने बताउनुभयो ।
उक्त कार्यक्रमा वरिष्ठ पत्रकार शिवहरी भट्टराई, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु विष्णुकुमार मण्डल, बैद्यनाथ झा, धीरेन्द्रप्रसाद साह, महासंघका कार्यवाहाक अध्यक्ष श्रवणकुमार देव, राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्रकुमार मण्डल, मधेसी मोर्चाका जिल्ला संयोजक कपिलदेव यादव लगायतले आन्दोलनलाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो ।
यस्तै उमा सिंह स्मृति दिवसको अवसरमा प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको वातावरण पत्रकारिता पुरस्कारबाट यस वर्ष कल्याण पोष्ट दैनिकका सह–सम्पादक ध्रुब मण्डल पुरस्कृत हुनु भएको छ ।
सप्तरीको राजविराजबाट प्रकाशित आजको वातावरण दैनिक पत्रिकाका प्रकाशक÷सम्पादक प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले प्रत्येक वर्ष पुस २७ गते उमा सिंह स्मृतिमा सो पुस्कार प्रदान गर्दे आउनुभएको छ । यो पुरस्कारको राशी एक हजार एक सय एक रहेको छ । यो पुरस्कार स्थापनाकालदेखी हाल सम्ममा सक्रिय पत्रकारहरु माला कर्ण, रामनारायण विश्वास, जितेन्द्र कुमार झा, नवीन कुमार गुप्ता र रक्षा चौधरी पुरस्कृत भई सक्नुको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
- 2082/05/08 चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ