News Category 2072/10/12
मुसहर समुदायको माटो दिवस सम्पन्न
दैनिक संवाददाता
सिरहा, ११ माघ ।
सवरी संकल्प समाज र नेपाल मुसहर जातीय मरर गोराइत समिती गोलवजारको अगुवाई मुसहर समुदायले आइतबार छैठो माटो दिवस मनाएका छन् ।
मुसहर जातीका लोक देवता दिन राम दिनाभद्रीको जन्मथलो मानिने सप्तरी जिल्लाको जोगिया जन्मस्थलबाट ल्याईएको माटोलाई मुसहर समुदायले एक आपसमा टिका लगाई माटो दिवस मनाएका हुन् ।
माटो दिवसमा जिल्लास्थित विभिन्न गाउ गाउबाट जातीय अगुवा, विद्यार्थी, युवा र महिलाहरुको सहभागीतामा सम्पन्न माटो दिवसमा जातीय पहिचान र मुसहर समुदायले माटोप्रति गरिएको प्रेम र स्नेहलाई स्मरण गर्दै माटो दिवस मनाएको सवरी संकल्प समाजको उपाध्यक्ष अरुण सदाले बताउनुभयो ।
सोही माटो दिवसमा नेपाल राष्ट्रिय मुसहर उत्थान समाजका अध्यक्ष चन्देश्वर सदाले वर्तमान राजनीतिक दलले मुसहर समुदायलाई हेपहाको प्रवृतिले हेरेको बताउनुभयो ।
कार्यक्रममा गैरसरकारी महासंघका जिल्ला अध्यक्ष गोविन्द विष्टले मुसहर जातीको माटो दिवसको अभियानले यस जातीको परिवर्तन एक नया पाटो बन्दै गएको बताउनुभयो । परिवर्तन हुन आवश्यक यस जातीलाई सवैको साझा सहयोग र समर्थनवाट परिवर्तन हुन सक्ने बताउनुभयो ।
कार्यक्रममा मुसहर समुदायका अगुवा वीरेन्द्र सदा, अयोधी सदा, कारीचन सदा, कारीराम सदा, शान्ती सदा लगायतका ब्यक्तिहरु जातीको परिवर्तनका लागि सरकारले विशेष सुविधा उपलब्ध गराउने पर्ने बताउनुभयो ।
सोही कार्यक्रममा सवरी संकल्प समाज सिरहाले मुसहर समुदायका पहिलो साहायक वनअधिकृत चन्देश्वर सदालाई दोसल्ला ओढाई सम्मानित गरेका छन् ।
गरिबी र अशिक्षामा ब्यतित मुसहर जातीको हित र अधिकारको निम्ति ब्यक्तिगत र जातीगत रुपमा परिवर्तनको लागि सक्रियपुर्वक कार्य गरेको भन्दै सदालाई मुसहर जातीका पुरोहीतले माटोको टिका लगाई र गोविन्दराज विष्टले दोसलाओढाई सम्मानित गरिएको हो ।
सम्मानित हुनुभएका चन्देश्वर सदाले गरिवी र अभावबाट पिल्सिएको मुसहर समुदाय अधिकाशं चाहानाहरु गरिवीको कारण उच्च शिक्षा पुरा गर्न नसकेको र जागिरको अवसर पाउन नसकेको अवस्था रहेको बताउनुभयो । उहाँले समाजिक रुपमा माटो दिवसमा गरिएको यो सम्मानले मुसहर जातीको परिवर्तनको लागि जिम्मेवारी थपिएको उल्लेख गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ