News Category 2072/10/25
नक्कली शैक्षिक प्रमाण–पत्र पेश गरेको भन्दै १४ चिकित्सक पक्राउ राजविराजबाट पनि एक पक्राउ, एक मुक्त
दैनिक संवाददाता
राजविराज, २४ माघ ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोको टोली नक्कली शैक्षिक प्रमाण–पत्र पेश गरेको भन्दै शनिबार साँझ ५ बजे राजविराजबाट एक चिकित्सकलाई पक्राउ गरेको छ ।
यो सँगै हालसम्म नक्कली शैक्षिक प्रमाण–पत्र पेश गरेको भन्दै देशभरिबाट १४ चिकित्सकलाई सिआइबीको ब्युरो टोलीले पक्राउ गरेको छ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा करार सेवामा कार्यरत राजविराज ९ निवासी डा. राजेन्द्र प्रसाद दासलाई ब्युरो टोलीले एसएलसी र प्रविणता प्रमाणपत्र तहको सर्टिफिकेट नक्कली भएको भन्दै पक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ ।
पक्राउ परेका चिकित्सक दास अञ्चल अस्पताल राजविराजमा पछिल्लो एक वर्षदेखि कार्यरत थिए भने यसअघि जनकपुर अञ्चल अस्पतार र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा काम गरेका हुन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चिकित्सक दासको शैक्षिक प्रमाण पत्र छानविन गरेको र आयोगबाट उनले सफाई पाएको निजका पारिवारिक श्रोतबाट जानकारी प्राप्त भएको छ ।
यस्तै पक्राउ परेका मध्येबाट गजुरीस्थित निजी अस्पताल गजुरी अस्पतालमा प्रालिका चिकित्सक डा. मनोज कुमार साह निर्दोष रहेको भन्दै मुक्त भएका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले ‘नक्कली’ चिकित्सक भएको आशंकामा उनलाई पक्राउ गरेको थियो ।
यस्तै पक्राउ परेका अन्य चिकित्सक मध्ये दुईजना सप्तरीका रहेका छन् । पक्राउ परेका सप्तरीको कल्याणपुर ३ निवासी मो. अमरुल हक विराटनगरस्थित गोल्डेन अस्पतालमा र बैरवा २ निवासी तुलसीकुमार महतो कोसी अञ्चल अस्पताल बिराटनगरमा कार्यरत हुन् ।
यस्तै झापा विर्तामोडस्थित वीएनसी अस्पतालका रामबाबु गिरी, पशुपति मोडेल अस्पताल इटहरीमा कार्यरत पशुपति चौधरी, ग्लोवल अस्पताल मिर्चैया सिरहामा कार्यरत मोहमद अहमद सिद्धिकी, जनकपुर अस्पताल जनकपुरमा कार्यरत सन्तोष कुमार यादव, चानसी मेडिकल हल जनकपुरमा लामो समयदेखि कार्यरत कल्याण विश्वास, कलेज अफ मेडिकल साइन्स भरतपुरमा कार्यरत विनिता यादव, अजित मेडिकल हल जनकपुरमा कार्यरत भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिक जनकपुरमा कार्यरत शैलेन्द्रकुमार महतो, स्वास्थ्य सेवा क्लिनिक तौलिहवा कपिलवस्तुमा कार्यरत अफजल हुसेन र ग्लोवल अस्पताल ग्वार्को ललितपुरमा कार्यरत श्यामबाबु साह रहेका छन् ।
पक्राउ परेकाहरु नक्कली चिकित्सक भएको प्रहरीको दाबी छ । यस्तै ब्युरोका डीआईजी हेमन्त मल्ल ठकुरीले नेपालबाट एसएलसी र प्रमाणपत्र तहको नक्कली प्रमाण पत्र पेश गर्ने १ जना, भारतबाट प्रमाण पत्र तहको नक्कली प्रमाणपत्र पेश गर्ने १० जना र भारतबाट प्रवेशिका परीक्षा र प्रमाण तह पेश गरि चिकित्सक अध्ययन गर्ने १ जना रहेको जानकारी दिनुभयो ।
उहाँले नक्कली प्रमाणपत्रको आधारमा अध्ययन गरि त्यसकै आधारमा नेपाल मेडिकल काउन्सिलको प्रमाण लिएका नक्कली चिकित्सकलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ