News Category 2072/10/26
कार्यकर्ता रिहाईको माग गर्दै मोर्चाद्वारा प्रदर्शनसहित धर्ना
दैनिक संवाददाता
राजविराज, २५ माघ ।
मधेशी मोर्चा सप्तरीले आफ्नो कार्यकर्तालाई प्रहरीले झुठो मुद्दा लगाएर फसाउन खोजेको भन्दै सोमबार जिल्ला अदालत राजविराज अगाडी प्रदर्शन गर्दै धर्ना बसेका छन् ।
गत पुस २० गते जिल्लाको झुटकी गाविसस्थित प्रहरी चौकीका इन्चार्ज असई रमेश सुब्बालाई गोली हानी हत्या भएको घटनामा संलग्नता रहेको भन्दै सप्तरी प्रहरीले सोही गाविसका अशोक यादवलाई पक्राउ गरेकोमा मोर्चाले सोमबार प्रदर्शन गर्दै धर्ना बसेको हो ।
विभिन्न घटनाको अनुसन्धान गर्ने नाममा आफ्ना सक्रिय कार्यकर्ताहरुलाई पक्राउ गरी प्रहरीले झुठो मुद्दा दर्ता गर्दै आएको भन्दै मुद्दा खारेजीको माग गर्दै अदालत अगाडि धर्ना बसेका हुन् ।
यसअघि हत्या घटनाको जिम्मेवारी जयकृष्ण गोइत नेतृत्व अखिल तराई मुक्ति मोर्चाले लिए पनि प्रहरीले वास्तवित दोषीलाई पक्राउ गर्न नसकेको अवस्थामा आन्दोलनमा लागेका आफ्ना कार्यकर्ताहरुलाई पक्राउ गरी झुठो मुद्दा लगाउँदै आएको संघीय समाजवादी फोरम सप्तरीका अध्यक्ष दिनेश यादवको दाबी छ ।
यसअघि भारदहबाट मधेसी मोर्चाका चार जना मोर्चाका कार्यकर्ताहरुलाई सप्तरी प्रहरीले पक्राउ गरी चोरी तथा डाँका मुद्दामा पक्राउ गरेका थिए । पक्राउ परेकाहरुमध्यै चोरी तथा डाँका मुद्दाका चार जना मोर्चा कार्यकर्ताहरु धरौटी बुझाएर यसअघि रिहा भएका थिए ।
असई सुब्बाको हत्यामा संलग्न रहेको आरोप पक्राउ परेका यादवको सप्तरी जिल्ला अदालतमा पेशी रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ