News Category 2072/10/27
कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ हुने, आज सार्वजनिक बिदा
काठमाडौँ, २६ माघ ।
सरकारले नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्व कोइरालाको सम्मानका लागि तोप, सलामीलगायत अन्य आवश्यक व्यवस्था मिलाउन रक्षा तथा गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।
बैठकले कोइरालाको निधनमा शोक मनाउन यही माघ २७ गते सार्वजनिक बिदा दिने र माघ २६ देखि २८ गतेसम्म तीन दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा, वरिष्ठ राजनीतिज्ञ, पूर्वप्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति एवम् व्यवस्थापिका–संसद्का प्रमुख प्रतिपक्षी दलका नेता कोइरालाकोे दुःखद् निधनबाट नेपाल सरकार स्तब्ध भएको जनाउँदै बैठकले यस दुःखद् घडीमा दिवङ्गत कोइरालाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्ने निर्णय गरेको छ ।
बैठकको निर्णयमा भनिएको छ, “नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो समय उहाँले निर्वाह गर्नुभएको भूमिका सदैव स्मरणीय रहनेछ । आजीवन राष्ट्र, जनता, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यताका हिमायती कोइरालाले नेपालको संविधान निर्माणमा पु¥याउनुभएको अतुलनीय योगदान नेपाल र नेपालीले सदैव सम्झिरहने छन् ।”
कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेलले बैठकका निर्णयबारे जानकारी दिँदै सरकारले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुक एवम् नेपाली कांँग्रेसप्रति हार्दिक समवेदना व्यक्त गरेको बताउनुभयो ।
कोइरालाकोे निष्ठा, त्याग र सङ्घर्षमय जीवनका उदाहरणीय पक्ष तथा सत्मार्ग सबैले आत्मसात् गर्न सक्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने विश्वास सरकारले व्यक्त गरेको छ । यस्तै सरकारले माघ २६ देखि २८ गतेसम्म कुनै पनि सार्वजनिक औपचारिक कार्यक्रम नगर्ने, माघ २८ र २९ गते परराष्ट्र मन्त्रालय लगायत विदेशस्थित नेपाली दूतावास र नियोगमा शोकपुस्तिका राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
राष्ट्रिय सम्मानसहितको अन्त्येष्टि कार्यको समग्र समन्वय गर्न गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई तोकिएको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ