News Category 2072/11/08
प्रहरीले स्वतन्त्र मधेश गठबन्धको कार्यक्रम बिथोल्यो तीन कार्यकर्ता पक्राउ, एक दर्जन बढी घाइते
दैनिक संवाददाता
राजविराज, ७ फागुन ।
सप्तरीको भारदहमा स्वतन्त्र मधेश गठबन्धनका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गर्दै दर्जनौं नेता कार्यकर्ताहरुलाई शुक्रबार कुटपिट गरेको छ ।
स्वतन्त्र मधेश गठबन्धन सप्तरीद्वारा भारदहस्थित विपी माविमा “ग्राम स्वराज परिषद” गठन कार्यक्रमका क्रममा प्रहरीले तीन जनालाई पक्राउ गर्दै कुटपिट गरेको हो ।
पक्राउ पर्नेहरुमा श्यामसुन्दर मण्डल, सुरेन्द्र मण्डल र भोगेन्द्र शर्मा रहेका छन् । तीनै जनालाई कार्यक्रम सुरु हुनु अगावै प्रहरीले पक्राउ गरेको गठबन्धन सप्तरीले जनाएको छ । कार्यकर्तालाई पक्राउ गरेपछि प्रहरीले पुनः कार्यक्रम सुरु हुनै लाग्दा कार्यक्रम स्थलमा रहेको माइक, साउण्डबक्स, स्टेज लगायत तोडफोड गर्दै कार्यकर्ताहरुलाई अन्धाधुन लाठी प्रहार गरेको थियो ।
यता प्रहरीले प्रहार गरेको लाठीबाट राजनारायण यादव, पोसिद विश्वास, पंकज मण्डल, स्थानिय संचारकर्मी रामसेवक पगैया लगायत रहेका छन् । घाइतेहरुको स्थानिय भारदह उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
डा. सीके राउतको नेतृत्वमा स्वतन्त्र मधेश गठबन्धनले स्वतन्त्र मधेशको माग गर्दै शान्तिपूर्ण संघर्ष गर्दै आएको छ । यसअघि गठबन्धनले भारदह बजारमा मार्चपास समेत गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ