News Category 2072/11/15
आन्द्रा भूूडी बाहिरै निस्केको अनौठौं शिशुको जन्म
दैनिक संवाददाता
राजविराज, १४ फागुन ।
सप्तरीका एक मुस्लिम महिलाले बिहीवार बिहान अनौठौं शिशुलाई जन्म दिएकी छिन् ।
जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर १० स्थित ठकपुर टोल निवासी मोहम्मद मञ्जुरकी १९ वर्षिया श्रीमती गुडिया खातुनले शुक्रबार बिहान आफ्नो पहिलो सन्तानको रुपमा आन्द्रा भूूडी निस्किएको उक्त शिशुलाई सामान्य अवस्थामै जन्म दिएकी हुन् ।
बुधबार राती व्यथाले च्यापिएपछि मोहनपुर उप–स्वास्थ्य चौकीमा प्रसुती गराउन गुडियालाई परिवारजनले लगेका थिए । त्यहाँ उनले आन्द्रा भूूडी बाहिर भएकै शिशु जन्म दिएकी स्वास्थ्यकर्मी सिनियिर अहेव हरिदेवप्रसाद भगतले जानकारी दिनुभयो । गर्भ रहेको समयमा नियमित चेकजाँचसँगै भिडियो एक्स–रे नगरेकाले शिशु जन्मिदा आन्द्रा भूडी बाहिरै निस्किएको जनाइएको छ ।
जन्मेका उक्त शिशुको शरिरको अन्य भाग सामान्य रहेपनि मलद्वार र मुत्रद्वार नली बाहिर रहेको छ । यतिमात्रै नभई शिशुले दुध समेत चुस्ने गरेको छ । तर, शिशुको अवस्था विचित्रको रहेकोले बाँच्न सक्ने सम्भावना कम रहेको र परिवारजनले भरपर्दो उपचार गर्न नसक्ने भएकाले शिशुलाई हाल ठकपुरस्थित घरमै राखिएको छ ।
यसैबीच आन्द्रा भूूडी बाहिर निस्किएको शिशुलाई गुडिया खातुनले जन्मदिएपछि शिशु हेर्न उनको घरमा मानिसहरुको भिड लागेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ