News Category 2072/11/20
नेपाली कांग्रेसको १३औं महाधिवेशन सभापतिमा चार जनाले उम्मेदवारी दिने
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
नेपाली कांग्रेसको १३औं महाधिवेशनका लागि चार जनाले सभापति पदमा बुधबार उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ । जसमा तीन जनाले प्यानल बनाएर र एकजनाले एकल रुपमा सो पदमा उम्मेदवारी दिने जनाएका छन् ।
नेपाली कांग्रेसको सभापति पदका प्रवल दावेदार वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो प्यानलबाट महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवलाई उम्मेदवार बनाउनु भएको छ ।
लामो समयसम्म संस्थापन समूहमा रहेका केसी यो पटक देउवा समूहका उम्मेदवार बनेका हुन् । कोषध्यक्षमा भने देउवा पक्षले चित्रलेखा यादवलाई नै दोर्होयाउने भएको छ ।
यस्तै वर्तमान महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापतिका लागि औपचारिकरुपमा आफ्नो उम्मेद्वारी घोषणा गर्दै महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको नाम सार्वजनिक गर्नुभएकोे छ ।
यसैगरि नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी दिने घोषणा गर्दै सशांक कोइरालालाई महामन्त्रीका रुपमा प्रस्तुत गर्नुभएको छ । उहाँले १३ औं महाधिवेशनका लागि घोषणा भएको प्यानलमा कोषाध्यक्ष भने कसैलाई तोक्नु भएको छैन् ।
बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वर्तमान महामन्त्री प्रकाशमान सिंहले पौडेललाई सभापति र कोइरालालाई महामन्त्री उम्मेदवारका रुपमा प्रस्ताव गर्नुभएको थियो ।
यसअघि केन्द्रीय सदस्य सुजाता कोइरालाले बुधबार मण्डिखाटारस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ