News Category 2072/11/20
छिन्नमस्ता शक्तिपीठमा लक्षचण्डी महायज्ञको ध्वजारोहण
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा लक्षचण्डी रुद्र महायज्ञकालागि ध्वजारोहण एवम् भूमी पूजन भएको छ ।
राजविराजस्थित मधेशी पत्रकार संघ सप्तरीको कार्यालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमार्फत शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले आगामी चैत्र २६ गते सो महायज्ञ हुने जानकारी दिनुभयो ।
उहाँले चैते नवरात्राको दिन आयोजन हुने ध्वजारोहण एवम् भूमी पूजन कार्यक्रम विशेष समारोहका बीच गरिने जानकारी दिनुभयो ।
२०७१ को चैते दशैंको पहिलो दिनदेखि ध्वजारोहण कार्यक्रमकै दिनदेखि ४ आवृत दुर्गा पाठ नियमित रुपमा सञ्चालन हुँदैआएको तथा प्रत्येक महिना शतचण्डी महायज्ञ सञ्चालन भइरहेको उहाँले बताउनु्भयो ।
शक्तिपीठमा प्राङ्गणमा १३ वर्ष अघि सहश्रचण्डी महायज्ञ आयोजना भएको चर्चा गर्दै पछिल्लो पटक शक्तिपीठमा विश्वमै पाँचौ तथा नेपालमै पहिलो पटक लक्षचण्डी महायज्ञ आयोजना हुन लागेको हो ।
देशमा दिर्घ शान्ति, दैवीप्रकोप, अतिवृष्टि, सामाजिक सद्भाव, देश तथा विश्व कल्याणार्थ आयोजन हुन लागेको तथा उक्त महायज्ञमा २ सय फिट लामो र २ सय फिट चौडाई भएको यज्ञ मण्डप निर्माण गरिने पीठाधीश ठाकुरले पत्रकारहरुलाई जानकारी दिनुभयो ।
लक्षचण्डी महायज्ञमा कुल २१ करोड २५ लाख खर्च हुने बताउँदै उहाँले ‘महायज्ञबाट प्राप्त आम्दानी वेद विद्यालय, धर्मशाला, मन्दिर निर्माण लगायत सामाजिक कार्यमा खर्च गरिने उल्लेख गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ