News Category 2072/11/21
संघिय समाजवादी महिला फोरम नेपालद्वारा ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
मधेशका सवाल संवोधन, नयाँ संविधानमा भएन भने हामी अझ कष्टकर आन्दोलनमा जान बाध्य हुन्छौ भन्दै मधेशी मोर्चा आन्दोलित भएको अवस्थामा रहेको भन्दै संविधान सुधारौं र व्यवहारमा उतारौ, महिला अधिकार सुनिश्चित गरौं माग गर्दै संघिय समाजवादी महिला फोरम नेपालले बिहिबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएको छ ।
महिला फोरम नेपालकी इन्चार्ज सुनिता साहको नेतृत्वमा तथा संघिय समाजवादी फोरम नेपालका शलहेश इन्चार्ज शैलेन्द्र प्रसाद साह, फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, महिला नेतृ रमिला साहसहितको महिलाहरुको एक टोली प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएका हुन ।
बुझाईएको ज्ञापन पत्रमा मधेशमा मात्र नभई देशभरी नै मधेशी र पहाडी प्रतिको वर्गीकृतलाई मानवता र व्यवहारमा परिवर्तन गर्न खोजे पनि सफा दिलले भएपनि भित्रि मनमुटावलाई कम गर्नका लागि समेत संविधानलाई व्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौं आवश्यकता रहेको भन्दै जर्वजस्ती कार्यान्वयन महिलाको काँधमा राखेर गर्न खोजेको मनसायले अझै सद्भाव खलबल्याउन सक्छन त्यसैले सदभाव खलवलाउन नदिनका लागि समयमा ध्यान जानुपर्ने माग गरिएको छ ।
यता ज्ञापन पत्र बुझदै प्रजिअ भट्टले बुझिएको ज्ञापन पत्र छिट्टै प्रधानमन्त्री तथा सम्बन्धित निकायको पु¥याइ समस्या समाधान गर्नमा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ